अफगानिस्तानका राष्ट्रपति घानीले छोडे देश

विदेश

अफगानिस्तानका राष्ट्रपति घानीले छोडे देश

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन् । 

आइतबार चरमपन्थी संगठन तालिबानी राजधानी काबुलमा प्रवेश गरेपछि घानीले देश छोडेको विदेशी अफगानी सञ्चारमाध्यम टोलो न्यूजले जनाएको छ । टोलो न्यूजले स्रोतलाई उद्धृत गर्दै राष्ट्रपति घानीसँगै उनका सहयोगीहरूले पनि देश छोडेको दाबी गरेको छ ।

यस्तै, रोयटर्सले राष्ट्रपति घानी देश छोडेर ताजिकिस्तान भागेको दाबी गरेको छ । अफगान गृह मन्त्रालयका एक वरिष्ठ अधिकारीले घानी ताजिकिस्तान गएको बताएको रोयटर्सले उल्लेख गरेको छ छ ।

यसअघि आइतबार नै राष्ट्रपति घानीले देशको संकट समाधान गर्ने जिम्मेवारी राजनीतिक दलका नेताहरूलाई सुम्पिएको अफगानी कार्यवाहक रक्षामन्त्री विस्मिल्लाह मोहम्मदीले बताएको अफगानी सञ्चारमाध्यम टोलो न्यूजले उल्लेख गरेको छ । 

कार्यवाहक रक्षामन्त्री मोहम्मदीका अनुसार देशको परिस्थितिबारे वार्ताका लागि एक प्रतिनिधिमण्डल सोमबार दोहा जानेछ ।प्रतिनिधिमण्डलमा युनुस कानुनी, अहमद वली मसूद, मोहम्मद मोहाकीक लगायत प्रमुख राजनीतिक नेताहरू रहने दाबी गरिएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...