चितवनमा बम बिस्फोट ,स्थानीय त्रसित ।

none

चितवनमा बम बिस्फोट ,स्थानीय त्रसित ।
नोभेम्बर २८ चितवन :- यही मंसिर १४ गते उपनिर्वाचन हुन लागेको बेला विभिन्न ठाउहरुमा बम बिस्फोट भएको खबरहरु आएको छ ।त्यस्तै गरी वडा नं १६ मा आज (बिहीबार) विहान बम बिस्फोट भएको छ । फुर्तीचोक देखि वडा कार्यालय जाने सडक खण्डको खेतमा बम बिस्फोट भएको हो । स्थानीय सुमित्रा रसाइले विहान ३ः३० बजेदेखि ठूलो आवाज आएपछि स्थानीय सबै त्रसित भएको बताइन् । बम बिस्फोटको आवाज सुनेपछि स्थानीयहरु त्रसित भएका छन् । स्थानीयका अनुसार बम बिस्फोट भएको स्थानमा टायरका टुक्रा र सिलिण्डका टुक्राहरु भेटिएको छ । बम कसले पड्काएको भन्ने बारे एकिन भएको छैन । चितवन प्रहरीले भने सो क्षेत्रमा कुनै बम बिस्फोट नभएको दाबी गरेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...