ब्रिटिश आर्मीमा भर्ति गराउन ४५ लाख सम्मको चलखेल ।

none

ब्रिटिश आर्मीमा भर्ति गराउन ४५ लाख सम्मको चलखेल ।
सेप्टेम्बर १२ पोखरा :- ब्रिटिस आर्मी भर्तीमा ठूलो रकमको चलखेल हुने गरेको छ ।भर्ती बनाउने भन्दै पहिले नै ठूलो रकम लिइने, पहिले नै नतिजा सार्वजनिक हुने र ड्रेस कोडसमेत प्रयोग गर्ने काम गरिएको आवाज उठाइएको हो ।पिपल्स एक्सन पार्टी र गोर्खा जस्टिस् पोखराले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी भर्ती लिँदा ठूलो चलखेल हुने बताएको छ । ‘सबै कुरामा उत्कृष्ठ अंक ल्याउनेलाई भर्ती नलिई आफूले इच्छाइएको व्यक्तिलाई भर्ती लिने गरिएको छ,’ पिपल्स एक्सन पार्टी अध्यक्ष बलराम थापामगरले भने, ‘नेपाली समुदायमाथि ठूलो अन्याय भएको छ । ब्रिटिससँगै सिंगापुर पुलिस भर्तीमा ठूलो चलखेल हुने दाबी उनको थियो । अध्यक्ष थापामगरले परीक्षामा सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने युवालाई भर्ती नलिई आफैले इच्छाएका व्यक्तिहरुलाई अनुचित लाभ लिई प्राथमिकता दिएर भर्ती लिइने गरेको दाबी गरे ।‘भर्ती छनौटमा पुल अप १८, सिटअप १ सय १२ गरेको र आठ सय मिटर दौड २ मिनेट ११ सेकेन्डमा पार गर्ने योग्य व्यक्तिको नाम एआरो सेलेक्सनमा निस्केन’ अध्यक्ष थापामगरले भने,‘यहाँ योग्यहरुलाई फालेर कम अयोग्यलाई पैसाको चलखेल गरेर भर्ती गराउने गरेको विश्वस्त सूत्रबाट थाहा पाइयो । गोर्खा जस्टिसका अध्यक्ष नरेश गुरुङले भर्ती छनौट गर्दा कम्प्युटरबाट देखाइने डिजिटल स्कोर बोर्डको व्यवस्था गरिएमा भर्ती छनौट निस्पक्ष हुने बताए ।भर्ती गराइदिएबापत ३५ देखि ४५ लाखसम्म रकमको चलखेल हुने गरेको दाबी उनीहरुको थियो । अध्यक्ष थापामगरले बाहिर खोलिएको भर्ती तालिम केन्द्रबाट प्रदान गरिएको पोशाक (युनिफर्म) लगाई जाँदा कोडको संकेत भएकाले तिनैलाई भर्तीमा प्राथमिकता दिने गरेको दाबी गरे । ‘म्यानुअल सिस्टमबाट गरिएको नम्बर विश्वासयोग्य छैन । यसो गर्दा नम्बर थपघट गर्न पनि सकिन्छ,’ अध्यक्ष गुरुङले भने,‘भर्ती गर्ने समयमा चाहिने रिक्रुटिङ टिम यहाँ अवकाशप्राप्त आर्मीलाई नराखी अहिले सर्भिसमा कार्यरत व्यक्तिलाई बेलायतबाट ल्याउनुपर्छ । प्रश्न सेट समेत म्यानेज गरी गोपनियता प्रयोग गरेमा राम्रो हुनेछ ।’पत्रकार सम्मेलनमा सहभागी इन्द्रा थापाले आफ्नो छोरोले सबैमा उत्कृष्ट नम्बर ल्याएर भिडे पनि नजिता प्रकाशन हुनु एक साताअघि नै भर्ती नभएको नतिजा सुनाइएकोमा दुख व्यक्त गरिन् । पत्रकार सम्मेलनमा शिब बानियाले भर्ती गराइदिन्छु भन्ने दलालहरु रातारात नबधनाढ्य हुनले भर्ती प्रक्रियामा ठूलो आर्थिक चलखेल हुने गरेको पुष्टि हुने दाबी गरे । ‘३५ देखि ४५ लाखसम्म रकम असुलेर भर्ती गराइदिने गरेको कुरा धेरैलाई थाहा छ,’ बानियाले भने । साभार :-समाधान

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...