तमु समाज हङकङको दोस्रो अधिवेशन सम्पन्न ।

विदेश

तमु समाज हङकङको दोस्रो अधिवेशन सम्पन्न ।
जुलाई ५ हंगकङ्ग :- तमुहरुको भाषा भेषभुषा,संस्कार र संस्कृतिलाई प्रबर्द्धन गर्न,प्रवास हङकङमा रहेका तमुहरुको सुख दुखमा साथ दिन,समस्य पर्दा समस्यको समाधानको पहल गर्न खोलिएको तमु समाज हङकङको दोश्रो अधिवेशन यहि ०१ जुलाई २०१९ सोमबार याउमातेई कम्युनिटी हल जोर्डन हङकङमा सम्पन्न भएको छ। उक्त दोस्रो अधिवेशनले पुन: दोश्रो कार्यकलको लागि कोमल गुरुङ (स्याङजाली कान्छा) को अध्यक्षतमा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ भने दोस्रो कार्यकालको लागि अधिवेशनले पुन:महिला विभागको अध्यक्षमा पुष्पा गुरुङलाई चयन गरेको छ । दोस्रो अधिवेशनले अध्यक्षमा कोमल गुरुङ (स्याङजाली कान्छा),उपाध्यक्षमा मन प्रसाद गुरुङ,,महासचिवमा अनिता गुरुङ,सह-सचिवमा मुककाजी गुरुङ,कोषाध्यक्षमा बिकाश गुरुङ,सहकोषाध्यक्षमा विष्णु गुरुङ,,सदस्यहरुमा कुल प्रसाद गुरुङ,दुत बहादुर गुरुङ,,रमेश गुरुङ,मन गुरुङ,रवि गुरुङ,ओम प्रसाद गुरुङ, किशन गुरुङ ,देवराज गुरुङ, कर्ण गुरुङ र कुश गुरुङ सर्वसम्मत चयन गरेको छ भने महिला विभाग अध्यक्षमा पुन: पुष्पा गुरुङ लाई चयन गरेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...