तमु प्ये ल्हु संघको आयोजनामा ल्होसार कार्यक्रम भब्य रुपले सम्पन्न |

विदेश

तमु प्ये ल्हु संघको आयोजनामा ल्होसार कार्यक्रम भब्य रुपले सम्पन्न |

डिसेम्बर ३१ तेल अभिव :- तमु प्ये ल्हु इजरायलले आयोजना गरेको खि ल्होसार कार्यक्रममा भब्य रुपले सम्पन्न भएको छ |इजरायलको ब्यापारिक राजधानी तेल अभिव स्थित ईबन गिबरोलको इन्दिरा रेस्टुरेन्टमा गत २९ डिसेम्बर शुक्रबार सम्पन्न भएको कार्यक्रमको सभापतित्व तमु प्ये ल्हु संघ इजरायलका अध्यक्ष श्रीमती गोपी तमुस्यो (उमा )ले गर्नु भएको थियो ,भने प्रमुख अतिथिको रुपमा नेपाली राजदुताबासका तर्फबाट प्रथम सेक्रेटरी श्री हरिहर कान्ता पौडेल हुनुहुन्थ्यो |त्यसैगरि अतिथिहरुमा नेपाली राजदुताबासका तर्फबाट प्रथम सेक्रेटरी श्री हरिहर कान्ता पौडेल ज्युका धर्मपत्नी अनुपम पौडेल, मगर संघ इजरायलका सस्थापक सल्लाहकार केशव राना मगर ,रुपन्देही समाज इजरायलका महासचिव नारायण पोख्रेल ,जनसम्पर्क समिति इजरायलका सल्लाहकार कृष्ण ढकाल ,नेपाली नारि आवाज इजरायलका सचिव/सत्य साइ सेन्टर इजरायलका उपाध्यक्ष तारा पोख्रेल र बेन गुरियन अन्तराष्ट्रिय बिमान स्थलका कर्मचारी समिता सथ्य शंकर उपस्थिति हुनुहुन्थ्यो | सस्थाका कोष अध्यक्ष तारा तमुस्यो र सदस्य रुबिन तमुस्योले प्रमुख अतिथि तथा अतिथिहरुलाई ब्याज र मालाले स्वागत गर्नु भएको थियो |

26196903_1614227258646350_1398393983_n

कार्यक्रम सभापति उमा तमुस्यो र प्रमुख अतिथि ज्युले संयुक्त रुपमा पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो |नेपाली राष्ट्रियगीतबाट शुरु भएको सो कार्यक्रममा ,तमु राष्ट्रियगीत पनि बजाइएको थियो |कार्यक्रम उपस्थिति सम्पूर्णलाई स्वागत तथा ल्होसारको शुभकामना मन्तब्य सघका सल्लाहकार भावना तमुस्योले गर्नु भएको थियो |शुभकामना दिनु हुँदै संघका महासचिव दिपेन तमुले गुरुङहरु(तमु ) लगायत राष्ट्रिय बिदा घोषणा भै सकेका जातीय चाडपर्वहरु राजदुताबासले शुभकामना दिना कन्ज्युस्याई गर्न नहुनेमा ध्यान आकर्षण गराएको थियो |प्रमुख अतिथि ज्युले शुभकामना दिनु हुँदै नेपाल जातिय सस्कार ,सस्कृति,भाषाको धनी देश भएको र यी राष्ट्रको सम्पत्ति भएकोले सम्रकक्षण,सम्बर्धन ,प्रचारप्रसार गर्नु पर्नेमा जोड दिनु भएको थियो |

26235242_1614227325313010_1145357937_n

main1

"शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ,संस्कृति हराए मानव अस्तित्व नै हराउँछ "भन्ने मूल नारालाई बिशेस रुपले ध्यान दिईएको थियो |सस्थापक सल्लाहकार तेज बहादुर ( तेजेन्द्र) तमु तथा )उपाध्यक्ष सबिता तमुस्योले रुपा लगाई दिनु भै च्यह ल्हो (चार वर्ग) लाई बिदाई र खी ल्हो (कुकुर वर्ग) लाई स्वागत गर्नु भएको थियो |कार्यक्रमको अन्त्यमा देश बिदेशमा रहनु भएका तमु समुदाय तथा कार्यक्रममा उपस्थित सम्पूर्णलाई ल्होसारको शुभकामना दिनु हुँदै सभाका सभापति तथा संघका अध्यक्ष गोपी (उमा) तमुस्योले एनआरएन एनसिसि इजरायललाई नेपालीहरुको साझा सस्था, अविभावक सस्था मानी बिशेष अतिथिको रुपमा निमन्त्रणा गर्दा पनि उपस्थित नहुनु भएकोमा दुख ब्यक्त गर्नु हुँदै सभा बिसर्जन गर्नु भएको थियो |

26234030_1732342893464693_1459135317_n

26176682_1614226681979741_2028806991_n (1)

main3

सभाको बिसर्जन पछि मनोरंजन कार्यक्रम राखिएको थियो |कार्यक्रममा खानपानको राम्रो बेबस्था गरिएको थियो भने इजरायलबासी सम्पूर्ण मौलिक धर्म, सस्कार ,सस्कृतिप्रेमी गुरुङ (तमु )हरुको उपस्थिति रहेको थियो | कार्यक्रम संघका बरिस्ठ सल्लाकार नेहा तमुस्योले संचालन गर्नु भएको थियो |

main2

26197516_1614226911979718_937151103_n

26235502_1614227151979694_1508710240_n

26197244_1964927660416152_1908757632_n

 

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (2 भोटहरु, 5 मध्य औसत: 3.50)
Loading...