एनआरएनए एनसीसी इजरायलको मुख्य आयोजनामा ”हरितालिका तीज २०१८ ”मनाउने तयारी |

विदेश

एनआरएनए  एनसीसी इजरायलको मुख्य आयोजनामा ”हरितालिका तीज २०१८ ”मनाउने तयारी |
श्रावन १० तेलअविव – गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको मुल आयोजक, इजरायलमा स्थापित खेल प्रेमी युवाहरुको फुटबल क्लव, सामाजिक , धार्मिक , राजनैतिक , सांस्कृतिक , साहित्यिक संघ संस्थाहरु को संयुक्त आयोजनामा इजरायलमा आउदै गरेको हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज शुक्रबार सेप्टेम्वर १४ तारीख २०७८ भव्यताको साथ मनाउने तयारी भईरहेको गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलकी प्रबक्ता डोमा शेर्पाले जानकारी दिनु भएको छ | इजरायलमा नेपालीहरुको चाडवाडहरुमा हुने गरेको यस्ता विभिन्न कार्यक्रमहरुमा विवाद हुने गरेको भए पनि पछिल्ला केहि कार्यक्रमहरुमा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल विवाद रहित र एकता गराउन सफल भएको छ जुन सकरात्मत छ |यसको परिणाम स्वरुप आपतकालीन अक्षयकोष स्थापना गर्न सफल भएको छ,जसबाट धेरैले सहयोग लिईरहनु भएका छन् |यो कार्यक्रम पनि भाईचारा र एकता कायम गर्दै सफल हुनेछ यसमा सबै गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल सहयोगको अपेक्षा राखेको छ | सो कार्यक्रमका लागी नेपालबाट ख्याति प्राप्त राष्ट्रिय लोक तथा दोहोरी गायक राम्जी खाँड लगायत् ,उमा श्रेष्ठ र माण्डपी त्रिपाठी आउने भएको जानकारी गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलकी प्रवक्ता शेर्पाले फिष्टेल न्यूजलाई जानकारी दिनु भएको छ |कार्यक्रमबाट प्राप्त मुनाफा धुर्मुस सुन्तलीद्वारा निर्माण गर्न लागिरहेको क्रिकेट स्टेडियमलाई सहयोग गर्ने बताएको छ | गत बर्षको तीज कार्यक्रमको भिडियो

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...