ह्योल्मो समाज इजरायलको १३ औ बार्षिक उत्सव तथा २५६३ औ बुद्द जयन्ती मनाउने तयारी।

विदेश

ह्योल्मो समाज इजरायलको १३ औ बार्षिक उत्सव तथा २५६३ औ बुद्द जयन्ती मनाउने तयारी।
मे ५ तेल-अभीव :-इजरायलमा २५६३ औं बुद्ध जयन्तिको अवसर पारेर बुद्ध जयन्तिसंगै ह्योल्मो समाज इजरायलको १३ औं बार्षिकोत्सव तथा साधारण सभा हुने भएको छ । यहि आउदो में १० तारिख २०१९ शुक्रबार साँझ शान्तीका अग्रदुत भगवान बुद्दको २५६३ औं बुद्ध जयन्तीको अवसरमा ह्योल्मो समाज इजरायलले बौद्ध महायान धार्मिक परम्परा अनुसार ‘लोपेन लामा छ्योईङ् घ्युर्मे ह्योल्मो’ ( क्यानडा बाट पाल्नु हुने ) ज्युको समुस्पतिथिमा २५६३ औं बुद्ध जयन्ति ( बुद्ध पुर्णिमा ) समारोह ( मणि मोन्लम,छोगफुल,प्रवचन,मेडीटेशन ) हुने भएको छ ।साथै संस्थाको १३ औं बार्षिक उत्सव तथा साधारण सभाबाट नया कार्यसमिति चयन कार्यक्रम आयोजना हुन गइरहेको छ । सम्पूर्ण इजरायलबासी संस्थामा आबद्ध र इच्छुक ह्योल्मो दाजु भाइ तथा दिदीबहिनिहरुमा संस्थाको साधारण सभा अघि नयाँ सदस्यता लिनुपर्ने र पुरानो सदस्यता नविकरण गर्नुपर्ने अनिवार्य भएकोले वार्षिकोत्सब तथा साधारण सभा कार्यक्रमको दिन भन्दा १ हप्ता अगाडी में को ३ तारिख शुक्रबार सम्ममा सदस्यता लिने ब्यबस्था खुल्ला गरीएको छ |सो एतीहसिक १३ औं वार्षिकोत्सब तथा साधारण सभामा सम्पुर्ण ह्योल्मोहरुले आफ्नो अधिकार सहित सहभागिता राख्दै आफ्नो ह्योल्मो संस्था प्रति उत्तरदायी बोध गराई आफु संग भएको क्षमता योग्यता र योगदानको आधारमा मर्यादित र निर्वाचन आचार संहिता संस्थाको बिधान अनुरुप कार्यकारिणी समितिको उचित पदको लागि उम्मेद्वारी दर्ता गराउन सकिने छ | इजरायलमा रहनुहुने सम्पुर्ण ह्योल्मो आद न्हो आजी न्होमोहरुलाई बुद्ध जयन्ति समारोह,वार्षिकोत्सब तथा साधारण सभामा उपस्थित भई आफ्नो धर्म संस्कृतिको आदर र जगेर्ण तथा पुनित कार्य र साधारण सभामा आफ्नो अधिकारलाई प्रयोग गर्दै कार्यक्रमलाई भब्यताका साथ सफल पारिदिनु समाजद्वारा हार्दिक अनुरोध गरेको छ |

२५६३ औं बुद्ध जयन्ति तथा ह्योल्मो समाज इजरायलको १३ औ वार्षिक उत्सव कार्यक्रम मिती :-मे १० २०१९ शुक्रबार समय :-६;३० बजे साँझ स्थान :-याद खरुचीम १५ तेल अभीव

सदस्यता नविकरण साथै कार्यक्रमको बिस्तृत जानकारीको लागि सम्पर्क:-

पेम्बा डोल्मा ह्योल्मो 0506078618 बुझुङ लोप्साङ ङिमा ह्योल्मो 0559658365 मीन्दो ह्योल्मो करसंग ह्योल्मो सर्किनी ज्याबा ह्योल्मो 0587916798 सोनाम ह्योल्मो 0559977286 समिर लामा श्याङ्बा 0547202202 पासांग नुर्बु ह्योल्मो ल्हाक्पा डोल्मा ह्योल्मो मणि लामा


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...