रेशम चौधरीलाई सांसद प्रमाणपत्र वितरण तथा सपथ खुलाउनु पर्ने माग राखी अनशन बसेका थुनुवाद्वारा अनशन तोडे |

राजनीति

रेशम चौधरीलाई सांसद प्रमाणपत्र वितरण तथा सपथ खुलाउनु पर्ने माग राखी अनशन बसेका थुनुवाद्वारा अनशन तोडे |

मार्च १२ काठमाडौँ :- कैलाली कारागारका २४ जना थुनुवाले अनशन स्थगित गरेका छन् ।टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई सांसद प्रमाणपत्र वितरण तथा सपथ खुवाउनुपर्ने लगायतका माग राखेका उनीहरुले स्थानीय प्रशासनसँग चार बुँदे सहमति भएपछि अनशन स्थगित गरेका हुन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जुस खुवाएर उनीहरुको अनशन तोडाएका हुन ।कैलाली-१ बाट निर्वाचित भएका रेशम चौधरीको सपथका लागि सम्बन्धित निकायहरुमा जिल्ला प्रशासन कार्यालयले अविलम्व जानकारी गराउने, टीकापुर घटनामा थुनिएकालाई लगाइएका मुद्दा फिर्ता लिन र क्षतिपू्िर्तका लागि १५ दिन भित्र सम्वोधन गरिनुपर्ने सर्त राखेर उनीहरुले अनशन तोठेका छन् ।१५ दिन भित्र आफ्ना माग पूरा नभऐ पुनः आमरण अनशन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

रेशम चौधरीलाइ सपथ दिलाइनुपर्ने, टीकापुर घटनामा थुनिएका सवैलाइ रिहा गरिनुपर्ने मागसहित कैलाली कारागारमा टीकापुर घटनामा पक्राउ परेका २४ जना फागुन २० गतेबाट आमरण अनशनमा बसेका थिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...