सरकार अधिनायकवाद तर्फ उन्मुख भएको भन्दै चितवनमा नेपाली कांग्रेसको बिरोध प्रदर्शन |

राजनीति

सरकार अधिनायकवाद तर्फ उन्मुख भएको भन्दै चितवनमा नेपाली कांग्रेसको बिरोध प्रदर्शन |
श्रावण १५ चितवन :-के पी सरकार अधिनायकवाद उन्मुख भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भरतपुरमा विरोध प्रदर्शन गरेको छ ।चितवनका विभिन्न ठाउँबाट ¥यालीसहित भरतपुरको चौबिसकोठीमा जम्मा भएका कांग्रेस नेता तथा कार्यकर्ताहरुले सरकारी विरोधी नारा लगाउँदै नारायणगढको लायन्सचोक, शहिदचोक हुँदै पुलचोकमा पुगेर सभामा परिणत भएको छ । सभामा चितवनका जिल्लास्तरका नेताहरुले सम्बोधन गर्दै छन् । डा गोविन्द केसीसँग भएको सहमति अक्षरस कार्यान्वयन गर्न दबाब, संघ र सातै प्रदेशसभामा सभामुख र उपसभामुख पदमा भागवण्डा, मूल्यवृद्धि नियन्त्रणलगायत विभिन्न १५ बुँदे मागमा सरकारलाई दबाब दिन सांकेतिक विरोध प्रर्दशन गर्न लागिएको कांग्रेस चितवनले जनाएको छ । सरकारका पछिल्ला कामकारबाही अधिनायकवाद उन्मुख हुँदै गएको कांग्रेसले आरोप लगाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...