चितवनमा रा प्रा पाका २०० कार्यकर्ता बम गठबन्धनमा प्रवेश ।

अन्य    राजनीति

चितवनमा रा प्रा पाका २०० कार्यकर्ता बम गठबन्धनमा प्रवेश ।

नोवेम्बर ९ काठमाडौँ :- राजेश कुमालको नेतृत्वमा चितवन जिल्लाका राप्रपा (प्रजातान्त्रिक) का २०० युवाहरु बाम गठबन्धनमा प्रवेश गरेका छन्।बिहीबार दिउँसो अनेमसंघ र अनेमसंघ (क्रान्तिकारी) को संयुक्त चितवन जिल्ला भेलामा राप्रपा (प्रजातान्त्रिक) का २०० युवाहरु बाम गठबन्धनमा प्रवेश गरेका हुन्।युवाहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डले बाम गठबन्धनमा प्रवेश गराएका हुन।

बाम गठबन्धनमा प्रवेश गरेका युवा नेता राजेश कुमालले बिक्रम पाण्डेबाट चितवनको विकास र देशको नेतृत्व सम्भव नभएकाले आफू बाम गठबन्धनमा आएको बताए ।यस अघि पनि राप्रपामा जिल्ला अध्यक्ष बद्री तिमिल्सिनासहित जिल्ला समितिका अधिकांश कार्यसमिति सदस्यसहित ठूलो संख्यामा नेता एवम् कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको थिए ।

अघिल्लो साता चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरी चुनाबी अभियानका क्रममा अध्यक्ष प्रचण्डले दुई हजार भन्दा बढी विभिन्न पार्टीका नेता एवम् कार्यकर्तालाई माओवादी केन्द्रमा प्रवेश गराएका थिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...