नेपालमा नौ हजार भन्दा बढी कोरोना संक्रमित ,आज ४२१ जना संक्रमित पुष्टि।

स्वास्थ्य

नेपालमा नौ हजार भन्दा बढी  कोरोना संक्रमित ,आज ४२१ जना संक्रमित पुष्टि।
जुन २१ काठमाडौँ :-नेपालमा पछिल्लो २४ घण्टामा थप नया ४२१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।यो संगै संक्रमितको संख्या ९०२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज (आइतबार) नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।डा.गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । यस्तै कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या एक हजार ७७२ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...