नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै बिरगंजमा एक र रौतहटमा एक गरि दुई जना थपिए ।

स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै बिरगंजमा एक र रौतहटमा एक गरि दुई जना थपिए ।
अप्रिल १३ बिरगंज :-नेपालमा थप दुई जनामा कोरोनाको संक्रमण संक्रमण देखिएको छ । यस सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १४ पुगेको छ। वीरगञ्ज हुँदै कैलाली पुगेकी एक ६५ वर्षीय महिला र रौतहट जिल्लामा क्वारन्टीनमा रहेका एक १९ वर्षीय युवकमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि नेपालमा कुल १४ जनामा कोभिड-१९ देखिएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन मार्फत कैलालीको लम्कीमा एक महिलामा र अर्का रौतहटको क्वारेन्टाइनमा रहेका एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि गरेको हो। हालसम्म बागलुङमा २,काठमाण्डौमा ३, पर्सा जिल्लामा ३, कैलाली जिल्लामा ४ तथा रौतहट र कञ्चनपुरमा १–१ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।संक्रमित मध्ये १ काठमाण्डौमा रहेका एक जना निको भएर घर फर्किसकेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...