नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ ।

अपराध

नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ ।

अक्टुबर ३१ काठमाडौँ:- नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्चले दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुशन्धान ब्युरो (सिआईबी) को टोलीले ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो ।प्रहरीले प्रहरीले पक्राउ गरी ढुंगेललाई काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन इकाईमा लगेको थियो । उनलाई डिल्लीबजार करागार पठाइएको छ । उनले १२ वर्ष ५ महिना २२ दिन कैदमा बस्नुपर्नेछ सर्वोच्चले ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला भएका ढुंगेललाई पक्राउ गर्न प्रहरीलाई सर्वोच्च अदालतले नै पटक पटक ताकेता गरेको थियो । अदालतको मुद्दा तथा रिट महाशाखाबाट ढुंगेललाई पक्राउ गर्ने आदेशसहितको पत्र वैशाख ३ गते प्रहरी प्रधान कार्यालय पुगेको थियो ।

सर्वोच्चको आदेशपछि १० वैशाखमा महानिरीक्षक अर्यालले पूर्वसांसद एवं माओवादी नेता ढुंगेललाई पक्राउ गर्न देशभरका प्रहरी कार्यालयलाई निर्देशन दिएका थिए । उनले ७ दिनभित्र पक्राउ गरी सम्बन्धित कारागारमा जिम्मा लगाई अदालतमा प्रतिवेदन पेस गर्न निर्देशनसमेत दिएका थिए । तर ढुंगेल पक्राउ परेका थिएनन् । प्रहरीले पक्राउ गर्नका लागि पहल जारी रहेको बताउँदै आएको थियो ।ढुंगेललाई पक्राउ गर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै कार्तिक ७ मा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपाल प्रहरीका महानिरीक्षक अर्यालविरुद्ध सर्वोच्च अदालतमा मानहानीको रिट दायर गरेका थिए।

पक्राउ आदेश दिएको ६ महिना बितिसक्दा पनि प्रहरीले पक्राउ नगरी अदालतको मानहानि गरेको भन्दै आईजिपी अर्याललाई हदैसम्मको कारवाही माग गर्दै रिट परेको थियो । त्यसअघि सुशीला कार्की प्रधानन्यायाधीश हुँदा सर्वोच्चले एक हप्ताभित्र ढुंगेललाई पक्राउ गर्न बाध्यात्मक आदेश जारी गरेको हो।२०५५ असार १० गते माओवादी कार्यकर्ताले रामेछापमा उज्जनकुमार श्रेष्ठको हत्या गरेका थिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...