दुई मजदुर साथीको हत्त्यारा लिम्बु पक्राउ |

अपराध

दुई मजदुर साथीको हत्त्यारा लिम्बु पक्राउ |

जनवरी  ०५ पोखरा :-कास्की सराङकोटमा दुई मजदुरको हत्या र एकलाई घाईते वनाएको घटनामा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।घटनामा संलग्न भएको भन्दै प्रहरीले धनकुटाका पूर्णवहादुर लिम्वुलाई धनकुटाको छतरजोरपाटी गाउँपालिका ५ मा रहेको उनको घर नजिकवाट पक्राउ गरेर विहीवार सार्वजनिक गरिएको हो । निर्माण मजदुरहरु भोजपुर षडानन्द नगरपालिकाका १९ वर्षका निमा शेर्षा र ३७ वर्षका आङलाक्पा शेर्पालाई आरोपी लिम्वुले टाउकोमा घनले प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा गम्भिर घाईते भएका आङदावा शेर्पाको उपचार भईरहेको छ ।

लिम्वुले घटनाको ५ दिन अघि मृतक आङलाक्पा शेर्पा र घाईते आङदावा शेर्पाको मोवाईल चोरेको र पछि चोरेको थाहा भएपछि मोवाईल फिर्ता गरेका थिए । घटनापछि मृतक र घाईतेले चोरीको विषयमा गाली गलौज गरेपछि प्रतिशोध साध्न लिम्वुले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको एसपी अशोक सिँहले जानकारी दिए ।हत्यापछि लिम्बुले मृतक र घाइतेको मोबाइल लिएर हिँडेका थिए । प्रहरीले अनुशन्धान गर्दै जाँदा ती मोबाइलहरुको आइएमइआई नम्बर पत्ता लगाएको र त्यसैको मद्दतबाट उनलाई पक्राउ गरिएको हो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...