ग्रीस पठाई दिन्छु भनि टर्की पुर्‍याई मानव बेचबिखन गर्ने पक्राउ |

अपराध

ग्रीस पठाई दिन्छु भनि टर्की पुर्‍याई मानव बेचबिखन गर्ने पक्राउ |
असोज १० काठमाडौँ :-मानव बेचबिखन गरेको अभियोगमा काठमाडौं टोखा महादेवटार हाईट बस्ने वाग्लुङ ढोरपाटन नगरपालिका-७ बोबाङ्गका ३७ वर्षीय वीरबहादुर अदैलाई काठमाडौं टोखा नगरपालिका -११ भण्डारी टोलबाट आइतबार प्रहरीले पक्राउ गरेको छ । अदैले ग्रीसमा राम्रो कमाई हुन्छ भनी प्रलोभनमा पारी पीडितहरुबाट १२ लाख रकम लिई नेपालबाट टर्की पुर्‍याई काम नदिइ ४५ दिनसम्म शारीरिक तथा मानसिक यातना दिएर राखेकोमा उनीहरुको कब्जाबाट भागेर नेपालमा आई पीडितहरूले दिएको उजुरीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । थप कानुनी कारबाहीको लागि जिल्ला अदालत काठमाडौंमा पठाइएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...