गुण्डा नाइके गणेश लामा पक्राउ ,गौशालामा गोलि चलाएको आरोप |

अपराध

गुण्डा नाइके गणेश लामा पक्राउ ,गौशालामा गोलि चलाएको आरोप |
मार्च १५ काठमाडौँ :- काठमाण्डौँको गौशालामा गोली चलाएको आरोपमा गुण्डा नायिके गणेश लामा पक्राउ परेका छन् । काभ्रेका रोशी गाउँपालिकाका लामालाई गएराति प्रहरीले होटल पशुपति भिजन नजिकैबाट पक्राउ गरेको हो । गोली कसलाई र किन चलाएको भन्ने बारे केही खुलेको छैन ।लामालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको काठमाण्डौँ प्रहरी परिसरले जनाएको छ । उनको साथबाट पेस्तोल समेत प्रहरीले बरामद गरेको छ ।लामालाई कांग्रेसले काभ्रे क्षेत्र नम्बर १ ख बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...