लमहीमा ६८ बर्षे हजुरबुवाले १२ बर्षकी नातिनीलाई करणीको आरोप |

अन्य

असोज १५ घोराही:-दाङको लमहीमा १२ वर्षकी नातिनीलाई करणी गरेको अभियोगमा ६८ वर्षका हजुरबुवालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीले नातिनी करणी गरेको अभियोगमा हजुर बुवालाई पक्राउ गरेको हो । प्रहरीले हजुर बुवालाई आइतबार बेलुका पक्राउ गरेर ल्याएको जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षण भएको छ । सोमबार अदालतमा करणी मुद्दा दर्ता गरेर कारवाही प्रकृया अघि बढ्नेछ । करणी अभियोगमा लागेका व्यक्ति बालिकाको कान्छो हजुरबुवा हुन् । उनले ललाई फकाई पहिलेदेखिनै करणी गर्दै आएको बालिकाले प्रहरी समक्ष बयान दिएकी छिन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...