भू पु भारतीय प्रधान मन्त्रि बाजपेयको निधन |

अन्य

श्रावण ३१ नयाँदिल्ली:- भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको निधन भएको छ । उनको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा ९४ वर्षको उमेरमा बिहीबार साँझ स्थानीय समय अनुसार ५ बजेर ५ मिनेटमा वाजपेयीको निधन भएको हो । पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको अवस्था बुधबार रातिदेखि नाजुक बन्दै गएपछि भ्यान्टिलेटरमा राखिएको थियो । वाजपेयी गएको ९ सातादेखि एम्स अस्पतालमा उपचाररत थिए । वाजपेयीलाई गएको जूनमा मृगौलामा संक्रमण र स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । भारतीय जनता पार्टी (बीजेपी) का संस्थापक नेतासमेत रहेका वाजेपेयी तीन पटक भारतको प्रधानमन्त्री भएका थिए । उनलाई भेट्न प्रधानमन्त्री नेरेन्द्र मोदी दुईपटक एम्स अस्पतालमा पुगेका थिए ।वाजपेयीलाई भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ ले सम्मानित गरिएको थियो । वाजपेयी ९ पटक लोकसभाका सांसदमा निर्वाचन भएका थिए । उनी दोस्रो लोकसभादेखि तेह्रौं लोकसभासम्म सांसद रहे । उनी सन १९८४ मा ग्वालियरमा कांग्रेसमा माधवराव सिंधियासँग पराजित हुँदा लोकसभामा अनुपस्थित रहे । भने दुई पटक राज्यसभामा पनि सांसद रहे । १६ मे १९९६ मा वाजपेयी पहिलो पटक प्रधानमन्त्री बनेका थिए । तर लोकसभामा अल्पमतमा परेपछि १४ दिनमा राजीनामा दिएका थिए । अन्तिम पटक वाजपेयी सन ११९९ देखि २००४ सम्म पूरा कार्यकाल भारतको प्रधानमन्त्री बने ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...