केहि सहमति गर्दै संयोजन समितिको बैठक सकियो ,फेरि भोलि बस्ने |
राजनीतिफेब्रअरी १४ काठमाडौँ :-बाम एकाताको लागि बनेको संयोजन समितिको बैठक सकिएको छ ।बैठकले पार्टी एकता प्रक्रियासँग छलफलमा रहेका धेरै जसो विषयमा सहमति गरेकोछ ।बैठकमा पार्टी एकताको प्राविधिक कुराहरूको तयारी गर्न कार्यदल बनाउने, नेतृत्वको मोडालिटी, कार्यदिशा लगायतका विषयमा सहमति जुटेको बताइएको छ ।
प्रक्रियासँग सम्बन्धित छलफल हुन नपाएका विषयमा भोली टुंगो लगाइने भएकोछ ।आजको बैठकपछि ओली र प्रचण्डवीच केही समय एक्लाएक्लै छलफल भएको थियो ।आज अपरांह ओली र प्रचण्डबीच छलफलपछि नेकपा एमाले र माओवादी केन्द्रले आन्तरिक छलफल गरेका थिए ।