बर्दघाटमा फर्निचर उद्योगमा आगलागी हुँदा १ करोड ५० लाख क्षति |

अन्य

बर्दघाटमा फर्निचर उद्योगमा आगलागी हुँदा १ करोड ५० लाख क्षति |
कार्तिक १३ चितवन:- नवलपरासीको बर्दघाट–४ रहेको जय बुद्ध सिसा प्लाई तथा फर्निचर उद्योगमा आगलागी हँदा १ करोड ५० लाख रुपैयाँको क्षति भएको छ । आगलागीबाट उद्योगमा रहेका सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । उद्योग परिसरमा राखिएको सञ्चालक राजु पाण्डेको बा १३ च ८००६ नम्बरको कार समेत जलेर पूर्ण रुपमा क्षति पुगेको छ ।मंगलबार बिहान पौने ९ बजे तिरको समयमा उद्योगमा एक्कासी आगलागी भएको हो । स्थानीय , नेपाल प्रहरी , सशस्त्र प्रहरीले दुई घण्टामा बल्ल आगो नियन्त्रणमा लिएका थिए । आगलागीको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रमुख राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । आगलागी हुनुभन्दा पहिले देखि नै बर्दघाट क्षेत्रमा लाइन गएकाले विद्युत् सर्ट भएर आगलागी नभएको भट्टले बताए । आगलागीको कारणका बारेमा अनुसन्धान भइरहेको उनले बताएका छन् । बर्दघाट नगरपालिकामा दमकल नहुँदा आगलागीबाट धेरै क्षति हुन पुगेको स्थानीयको भनाइ छ । रामग्राम नगरपालिकाको दमकल आएपछि मात्रै आगो निभाउन सहज भएको हो । नगरपालिकाले आगामी दिनमा हुनसक्ने सम्भावित घटनालाई मध्यनगर गर्दै तत्काल दमकल खरिद गर्न माग समेत गरेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...