वरिष्ठ न्युरो सर्जन ड़ा.देवकोटाको निधन |

अन्य

वरिष्ठ न्युरो सर्जन ड़ा.देवकोटाको निधन |
जुन १८ फिष्टेल न्यूज काठमाडौं:- वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ ।पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित न्युरो अस्पतालमा सोमवार साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।बेलायतमा ६ महिना भन्दा लामो उपचार गरे पनि निको नभएपछि देवकोटालाई बैशाख पहिलो साता नेपाल ल्याइएको थियो। त्यस पछि उनले नै स्थापना गरेको न्यूरो अस्पतालमा उपचार गरिएको थियो। अघिल्लो हप्ता डा. देवकोटाले आफ्नो जन्मथलोमा पुग्ने ईच्छा जनाएपछि उनलाई हेलिकप्टरवाट १ घण्टा गोर्खाको जन्मघरमा राखेर ईन्छा पुरा गरिएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...