आज थप ६ जनामा संक्रमित ,नेपालमा कोभिड-१९ संक्रमित २७३ पुग्यो ।

स्वास्थ्य

आज थप ६ जनामा संक्रमित ,नेपालमा कोभिड-१९ संक्रमित २७३ पुग्यो ।
मे १६ काठमाडौँ :-आज (शनिबार) थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या २७३ पुगेको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बर्दिया नार्खु–११ निवासी २८ वर्षीया महिला, सिराहा, सखुवा–१९ निवासी ३० वर्षीय, पर्साको वीरगञ्ज–१२ निवासी २८ र २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।यस्तै सर्लाही, रामनगर–४ निवासी १८ वर्षीया युवती र चितवन गड्यौली निवासी २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको डा.अधिकारीले जानकारी दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...