ह्योल्मो समाज इजरायलले १७औं वार्षिकोत्सव कार्यक्रम भब्य रुपले मनाउने तयारी

अन्य

जुलाई २६ फिष्टेल न्यूज तेल अभिव,''ह्योल्मो हाम्रो पहिचान, ह्योल्मो हाम्रो अधिकार ,ह्योल्मो भाषा, भेषभुषा, लिपि, कला तथा संस्कृतिको संरक्षण र सम्बर्धन गरौ भन्ने मूल नाराको साथमा ह्योल्मो समाज इजरायलले वार्षिक उत्सव एक कार्यक्रमका साथ् मनाउने तयारी गरेको छ सन् २००६ मा स्थापित ह्योल्मो समाज इजरायलले १७औं वार्षिकोत्सव कार्यक्रम मनाउन गईरहेको फिष्टेल न्युजलाई जानकारी दिएको छ । जुलाई २८ शुक्रवार यसोधहमाला २८ तेल अभिवमा बेलुका ५. बजे हुने सो कार्यक्रममा, इजरायलमा कार्यरत विभिन्न सामाजिक, धार्मिक ,राजनीतिक, संघ संस्था संगठनहरु लगायत इजरायलमा कार्यरत ह्योल्मो आजी न्होमो ,अदा न्हो हरू साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभागिताको लागी आयोजक ह्योल्मो समाज इजरायल परिवारद्वारा अनुरोध गरिएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...