छ करोड जग्गा ठगी प्रकरणमा महानगरीय प्रहरी वृत्त गौशालाले मालपोत प्रमुख सहित ४ जना पक्राउ |

अन्य

छ करोड जग्गा ठगी प्रकरणमा महानगरीय प्रहरी वृत्त गौशालाले मालपोत प्रमुख सहित ४ जना पक्राउ |
असोज १४ काठमाडौँ :-बुढानिलकण्ठको ४० आना जग्गा ठगी प्रकरणमा महानगरीय प्रहरी वृत्त गौशालाले मालपोत कार्यालयका प्रमुखसहित ४ जनालाई पक्राउ गरेको छ।चावहिल मालपोत कार्यालयका प्रमुख उपसचिव कमलप्रसाद तिमल्सिना, नायव सुब्बा चन्द्रबहादुर श्रेष्ठ, मुकुन्द धिताल र कार्यालय सहयोगी रमेशकुमार महर्जन पक्राउ परेका हुन् ।   चन्दनकृष्ण कायस्थको बुढानीलकण्ठमा रहेको ६० करोड बराबरीको ४० आना जग्गा मालपोतका कर्मचारीको मिलेमतोमा कीर्ते कागजात खडा गरी पास गरेको देखिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बुढानीलकण्ठको उक्त जग्गा कृष्ण देवकोटा र ध्रुवप्रसाद भट्टराईको नाममा पास गरिएको थियो। देवकोटा र भट्टराईलाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो । उक्त जग्गा भदौ १८ मा ६ करोडमा किनबेच भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...