पोखरा महानगर पालिकाले सार्वजनिक जग्गामा बनाएको घर भत्काए ।

अन्य

पोखरा महानगर पालिकाले सार्वजनिक जग्गामा बनाएको घर भत्काए ।
मार्च २६ पोखरा :-पोखरा महानगरपालिकाले सार्वजनिक जमीन मिचेर बनाएको घर भत्काएको छ ।सोमबार पोखरा ५ धारापानी मार्गमा यूवराज खतिवडाको मापदण्ड विपरित सार्वजनिक जमीनमा बनेको घर महानगरले डोजर लगाएर भत्काएको हो । वडा सदस्य अञ्जु केसीसँगको टकरावका कारण महानगरले अन्याय गरेको केही स्थानीयको आरोप छ भने महानगरले चाहीँ मापदण्ड विपरित बनेका घरहरु भत्काउनु परेको बताएको छ।मापदण्ड विपरितको घर भत्काउन पटकपटक आग्रह तथा पत्राचार गर्दा पनि अटेर गरेपछी बाध्यम भएर महानगरले भत्काउनुपरेको वडाध्यक्ष धनबहादुर नेपालीले बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...