ईपीएस(प्रणाली )बाट कोरिया जनाको लागि आबेदन खुल्यो ,आबेदन शुल्का बुझाउन लाइनमा बस्नु पर्ने सास्ती हटेना |

अन्य

ईपीएस(प्रणाली )बाट कोरिया जनाको लागि आबेदन खुल्यो ,आबेदन शुल्का बुझाउन लाइनमा बस्नु पर्ने सास्ती हटेना |

मार्च २२ काठमाडौँ :-बैदेशिक रोजगारीका लागि कोरियामा जान चाहनेका लागि बिहीबारबाट रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको आवेदन खुलेको छ । भाषा परीक्षाको आवेदन अनलाइनमार्फत् भर्ने व्यवस्था गरिएको छ, तर बैंकमा पैसा जम्मा गर्ने आवेदनकर्ताको भने लामो लाइन लागेको छ । आवेदन गर्दा लाइन बस्ने झन्झट गत वर्षबाटै हटाइएको भएपनि बैंकमा शुल्क तिर्न भने लाइन बस्नुपर्ने बाध्यता कायमै छ ।

आवेदन भर्दा २४ डलर शुल्क तोकिएको छ । यो शुल्क ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गराउन सकिन्छ । वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाका अनुसार फारम भर्ने म्याद चैत १७ गतेसम्म छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको ९२०३४ साल चैत १० देखि २०५६ साल चैत (सम्म जन्मिएका) नेपाली नागरिकले भाषा परीक्षाको आवेदन दिन सक्नेछन् ।

भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले मात्रै त्यहाँबाट परीक्षा दिन पाउनेछन् । अन्य सबैले काठमाडौंमा परीक्षा दिनुपर्नेछ ।यसपटक कुल ७ हजार एकसय जना उत्तीर्ण गर्ने योजना छ । त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...