एकैपटकमा ४ शिशु जन्माएपछि महिलाको मृत्यु

स्वास्थ्य

एकैपटकमा ४ शिशु जन्माएपछि महिलाको मृत्यु
१७ भदौ, जनकपुरधाम । धनुषामा एक महिलाले एकै पटकमा चार बच्चाको जन्म दिएकी छन् । शिशु जन्मिएपछि ती महिलाको भने मृत्यु भएको छ । जिल्लाको विदेह नगरपालिका–७ जोगियारा टोलकी अमिरुल खातुनले जनकपुरधामस्थित काब्या अस्पतालमा मंगलबार राति १० बजेतिर शल्यक्रियामार्फत चार बच्चालाई जन्म दिएकी हुन् । बुधबार बिहानदेखि स्वासप्रश्वासमा समस्या देखिएको खातुनलाई आईसीयूमा राखेर उपचार गर्ने क्रममा बुधबार दिउँसो मृतयु भएको अस्पतालले जनाएको छ । अस्पतालका सञ्चालक सञ्जय सिंहका अनुसार खातुनको एक छोरा र तीन छोरीको अवस्था पनि अस्थिर देखिएको छ । छोराको तौल एक किलो ५ सय ग्राम र छोरीहरुको तौल एक किलो २ सय ५० ग्राम रहेको छ । अहिले चारै जना बच्चालाई एनआईसीयूमा राखिएको सिंहले जानकारी दिए । महिलाको मृत्यु हुनुअघि बुधबार विहान कोरोना परीक्षणका लागि स्वाब संकलन गरी जनकपुरकै प्रादेशिक प्रयोगशाला पठाइएको सिंहले बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...