अगस्ट १२ मान सिङ गुरुङ / युएई :- "अधिकार,प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान,पहिचान सहितको संघीयताको लागि संबिधान संशोधन हाम्रो साझा अभियान" भन्ने मुल नारा सहित नेपाल आदिवासी जनजाति महासंघ युएई र महासंघमा आबद्ध ११ जातिय संघसस्थाहरु तमु समाज युएई, नेपाल मगर संघ शाखा युएई, तामाङ समाज युएई, किराँत राई यायोक्खा शाखा युएई, किराँत याक्थुङ चुम्लुङ युएई,नेवा पुच: युएई, शेर्पा किदुग युएई, थारु कल्याणकारिणी सभा युएई, प्रवासी भुजेल समाज सेवा समिति युएई, प्रवासी नेपाली माझी समाज युएई,सुनुवार सेवा समाज युएई, सह-आयोजक नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युएई र नेपाल आदिवासी जनजाति कलाकार संघ युएईको संयुक्त आयोजनामा २५ औं बिश्व आदिबासी दिवस ०९ अगष्ट २०१९ शुक्रबार कार्ल्टन प्यालेस होटल देरा दुबईमा भव्यताका साथ सम्पन्न भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ रिन्जी शेर्पाको सभापतित्व, युएई स्थित नेपाली राजदुतावासका महामहिम राजदूत कृष्ण प्रसाद ढकालको प्रमुख आतिथ्यता, विशेष अथिती नेपाली राजदुतावास युएईका श्रम सहचारी भेष बहादुर थापा, नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, आदिवासी जनजाति युवा महासंघका पुर्व उपाध्यक्ष मिना श्रेष्ठ, प्रवासी नेपाली मञ्च युएईका अध्यक्ष श्याम कंडेल, नेपाली जन प्रगतिशील मञ्च युएईका अध्यक्ष बाबुराम बि.क, नेफेसो युएईका अध्यक्ष बाबुराम लोप्चान, विश्व सहयोग संगठनका अध्यक्ष गोभिन्द ढकाल जनसम्पर्क समिति युएईका अध्यक्ष खेमराज बस्नेत, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष शशी सिलवाल, नेफिन युएईका संरक्षक समिति सदस्य महेश मोक्तान, नेफिन युएईका संरक्षक समिति सदस्य प्रमोद श्रेष्ठ, नेफिन युएईका संस्थापक सदस्य तथा तमु समाज युएईका संरक्षक राजु गुरुङ, नेफिन युएईका संस्थापक कोषाध्यक्ष तथा किराया युएईका संरक्षक एवं संस्थापक अध्यक्ष कटक राई र नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष लक्ष्मण खनाल, अतिथिमा तमु समाज युएईका अध्यक्ष उषा गुरुङ, नेपाल मगर संघ शाखा युएईका अध्यक्ष टंक बहादुर थापा मगर, किराँत राई यायोक्खा शाखा युएईका अध्यक्ष चन्द्रकला साम्पाङ राई , किराँत याक्थुङ चुम्लुङ युएईका अध्यक्ष नगेन्द्र कुरुङ्ग्वाङ्ग, नेवा पुच: युएईका अध्यक्ष लक्ष्मण श्रेष्ठ, शेर्पा किदुग युएईका अध्यक्ष निमा शेर्पा, थारु कल्याण्कारिणी सभा युएईका अध्यक्ष रुपेश चौधरी, प्रवासी भुजेल समाज सेवा समिति युएईका अध्यक्ष यम घर्ती, प्रवासी माझी समाज युएईका का.बा अध्यक्ष जोगमेहर माझी, सुनुवार सेवा समाज युएईका अध्यक्ष नर बहादुर सुनुवार,फोनिज युएईका का.वा.अध्यक्ष राजेश प्रधान, नेपाल आदिवासी जनजाति कलाकार संघका अध्यक्ष भुवन थापा मगर, नमस्ते रेस्टुरेन्टका सुजान सापकोटा, बिश्व सहयोग संगठन युएईका अध्यक्ष गोबिन्द ढकाल, तमु प्ये ल्हु संघ युएईका अध्यक्ष भिम गुरुङ, इनास युएईका अध्यक्ष राम लामा , एनआरएन आइसिसिका भु.पु. सदस्य एवं तामाङ समाज युएईका भु.पु. सल्लाहकार बिमल तामाङ, काभ्रे सेवा समाज युएईका अध्यक्ष दिल वाइवा लामा, त्रिशुली समाज युएईका अध्यक्ष सम्पर फ्युबा लामा, गोर्खा सेवा समाज युएईका का.बा.अध्यक्ष ज्ञानेन्द्र कुमार श्रेष्ठ, सर्लाही सेवा समाज युएईका अध्यक्ष फलेन्द्र बलम्पाकी मगर , मितेरी समाज युएईका अध्यक्ष प्रदीप पुन मगर, , कल्याणकारी बचत तथा ॠण सहकारी संस्था युएईका अध्यक्ष जितेज तामाङ, समाजसेवी भेष कुमारी थापामगर, समाजसेवी भिम दोङ तामाङ, समाजसेवी कुमारी गुरुङ, प्रगतिशील कलाकार संघ युएईका अध्यक्ष नवीन दोङ, शेर्पा किदुग युएईका महासचिव नुरु पिनास शेर्पा, नेवा पुच: युएईका महासचिव तथा नेफिन युएईका सचिव कुमार बलामी, शुभ यात्रा ट्राभल युएईका संचालक मोति साम्पाङ, कन्चानजंगा रेस्टुरेन्टका संचालक निमा ल्हमु शेर्पा, गोर्खाली रेडियो १०६ मेगाहर्ज तथा फोनिज युएईका सचिव मान सिङ गुरुङ, स्ट्यान्डर्ड मानक मिडिया संचालक मोहन बस्याल, किरात दर्पणका संचालक तथा फोनिज युएईका सदस्य तिलक साम्पाङ राई, प्रतिनिधि पत्रकार सैलुङ्ग अनलाइनका संजिता मोक्तान र इपाथिभर अनलाइन तथा फोनिज युएईका सदस्य सुर्य खवास रहेको थियो ।
कार्यक्रम नेपाली राष्ट्रिय गीतकाे गुञ्जायमान संगै प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुद्वारा संयुक्त रुपमा दिप प्रज्वलन गरि उद्घाटन गरिएकाे थियाे। औपचारिक कार्यक्रम संचालन नेफिन युएईका सचिव कुमार बलामीले गरेका थिए भने अनौपचारिक कार्यक्रम संचालन तमु समाज युएईका सांगी डोल्मा गुरुङ र थारु कल्याणकारिणी सभा युएईका केशव राज महतोले गरेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य दिंदै नेफिन युएईका उपाध्यक्ष एवं कार्यक्रम संयोजक बिजयलक्ष्मी राईले ११ जातीय भाषामा नमस्कारको सम्बोधन गर्दै संयुक्त रास्ट्र संघ ( UNO) ले विश्व आदिवासी जनजातीहरुको सम्बन्धि देशको सरकारले गरेको उपेक्षा ,विभेद ,उत्पीडन बारे मुक्ति दिलाउने अध्ययन सन १९८२ मा भएको गठन र ११ औं बार्षिक अधिबेशन १९९३ मा भएको विश्व आदिवासी घोषणा पत्र जारि गरिएको र उप्रान्त विश्व सबै देशहरुमा अगस्ट ९ तारिखका दिन विश्व आदिवासी दिवस मनाउन निर्णय गरिएको र प्रथम पटक १९९४ अगस्ट ९ मा स्विजल्याण्डको जेनिभामा मनाएको सोही दिन बाट विश्व भरी रहेका देशहरुले विश्व आदिवासी दिवस मनाउनु पर्ने निर्देशन दिएको जानकारी गराउदै हामी नेपालको आदिवासी जनजातिहरु हौं र हाम्रो देश को सरकारले हाम्रो भाषा धर्म संस्कार सांस्कृतिक,स्वास्थ्य ,शिक्षामा खासै ध्यान नदिएको र अहिलेको लोक सेवा आयोगको परिक्षामा नेपालको संविधान २०७२ विरुद्ध आरक्ष र समानुपातिक सिद्धांत अन्तर्राष्ट्रिय मुदा समेत दयार गर्न सक्ने भन्दा सरकार लाई ध्यानाकर्षण गराउने छौ भन्दै २५ औं विश्व आदिवासी दिवस २०१९ को कार्यक्रम मा उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै शुभकामना दिएका थिए।