तामाङ समाज युएईले शिक्षाको लागि सहयोगार्थ एस एम एस धमाका – २०१८ कार्यक्रम गर्दै।

जनजाती बिशेस    विदेश

तामाङ समाज युएईले शिक्षाको लागि सहयोगार्थ एस एम एस धमाका – २०१८ कार्यक्रम गर्दै।
भदौं १६मान सिङ गुरुङ (मानु कोन्मे) सम्बत्दाता युएई :- तामाङ समाज युएईले यहि आउदो सेप्टेम्बर १४ तारीख शुक्रबार दिनको ठिक २ बजे युएईको देरा दुबई स्थित कालटर्न टावर होटेलमा एस एम एस धमाका - २०१८ कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रममा प्रमुख अथितीको रुपमा नेपाल बाट चर्चित सेलो गायिका निर्मला घिसिङ युएई आउदैछ। कार्यक्रममा युएईमा रहेको स्थानीय चर्चित ख्यातिप्राप्त कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने छ भने अथिती चर्चित सेलो गायिका निर्मला घिसिङको बिशेष प्रस्तुति रहने आयोजक तामाङ समाज युएईले जनाएको छ। कार्यक्रमको मुख्य उद्देश्य तामाङ समुदाय पछि पर्नुको मुख्य कारण शिक्षा पनि एक रहेको भन्दै विकट जिल्ला तथा क्षेत्रका तामाङ बाहुल्यता भएको बिधालयहरुमा सहयोग गर्ने उद्देश्यका साथ कार्यक्रम हुन गइरहेको तामाङ समाज युएईले बताएको छ।सन् २००५ सालमा छल लामाको अध्यक्षतामा स्थापना भएको तामाङ समाज युएईले बिशेष गरि तामाङ समुदायका सामाजिक सांस्कृतिक र धार्मिक संरक्षण,सम्बर्द्धन र बिकासको लागि विभिन्न सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ भने तामाङ समाज युएईले भुकम्प पीडित , बाढिपिडितका साथै गरिबीका कारण प्राणघातक रोगहरुको उपचार गर्न नसकेकाहरु लाई समेत आर्थिक सहयोग गर्दै आइरहेको र प्रत्येक बर्ष तामाङ समाज युएईले सहयोगको लागि एसएमएस धमाका कार्यक्रम गर्दै विभिन्न जिल्लाहरुमा अवस्थित बिधालयहरु लाई सहयोग गर्दै आएको तामाङ समाज युएईले जनाएको छ। उक्त कार्यक्रममा उठेको रकम कुन जिल्ला र कुन क्षेत्रको बिधालय लाई सहयोग गर्ने भन्ने बिषयमा भने हल सम्म निर्णय नगरिएको तामाङ समाज युएईले बताएको छ भने शिक्षाको लागि सहयोगार्थ कार्यक्रममा उठेको रकम बारे तामाङ समाज युएईको समिक्षा बैठक बाट निर्णय गरिने तामाङ समाज युएईले जनाएको छ।तामाङ समाज युएईले स्थापनाकाल देखि हाल सम्म ६ लाख भन्दा बढी रकम विभिन्न जिल्लाको विकट क्षेत्रका बिधालयहरु लाइ सहयोग रकम हस्तान्तरण गरि सकेको तामाङ समाज युएईका महासचिव सनिल तामाङ्ले बताएका छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...