तमु प्ये ल्हु संघ चितवन महिला समिति गठन |

मूलबासि /भूमिपुत्र

तमु प्ये ल्हु संघ चितवन महिला समिति गठन |
असोज ८ फिसटेल न्युज सम्बाददाता ,चितवन :-प्रदेश नम्बर ३ को भरतपुर महानगरपालिका गुन्जनगरमा शनिबार भएको तमु बोनबादी महिलाहरुको भेलाले इन्द्रकुमारी गरब्ज तमुस्योको अध्यक्ष्ातामा ११ सदस्यीय तमु प्ये ल्हु संघ महिला समिति चितवन शाखा गठन गरेको छ । तमु प्ये ल्हु संघ केन्द्रिय महिला समितिका अध्यक्ष पुस्पा तेल्मे तमुस्यो,उपाध्यक्ष देबि टु तमुस्यो,महासचिव पुर्णिमा तमुस्यो र सदस्य धनप्यारी तमुस्यो एवम् तमु प्ये ल्हु संघ केन्द्रिय महिला बिभाग प्रमुख इन्द्रकुमारी क्रोम्छे तमुस्यो,केन्द्रिय सदस्य देबमाया टु तमुस्योको समेत उपस्थितिमा चितवन महिला शाखाको गठन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा शान्ति केप्छे तमुस्यो,सचिव रिता प्हच्यु तमुस्यो,सह सचिव हितु पाल्जे तमुस्यो,कोषाध्यक्ष सुकमाया क्रोम्छे तमुस्यो,सदस्यहरु क्रमशः बन्दना ल्हेगे तमुस्यो,देउकुमारी याप्च तमुस्यो,बिश्नुमाया क्रोम्छे तमुस्यो,जिना प्हच्यु तमुस्यो,शान्त लेम तमुस्यो र राममाया लेम तमुस्यो रहेकाछन । निर्वाचित कार्यसमितिलाई केन्द्रिय महिला समिति अध्यक्ष पुस्पा तेल्मे तमुस्योले सपथ ग्रहण गराउनु भएको थियोे ! कार्यसमितिको कोष स्थापनाका लागि केन्द्रिय महिला समितिको कोषबाट नगद पाँच हजार र केन्द्रिय उपाध्यक्ष देबि टु तमुस्योले नगद एक हजार गरि रु छ हजार जिल्ला समितिलाई हस्तान्तरण गरिएको थियो । चितवन महिला समितिको कार्य सफलताका लागि तमु प्ये ल्हु संघ केन्द्रिय अध्यक्ष हितकाजी टु तमु,केन्द्रिय पच्यु अध्यक्ष कुलप्रसाद क्रोम्छे तमु,केन्द्रिय क्ल्हेप्री अध्यक्ष लोकबहादुर टु तमु,केन्द्रिय बोन्पो लम अध्यक्ष गङ्गबहादुर लम तमु लगायतले शुभकामना दिनुभएको थियोे ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...