युएईमा कोभिड – १९को नयाँ संक्रमित ७३१ , ६ जनाको मृत्यु ।

विदेश

युएईमा कोभिड – १९को नयाँ संक्रमित ७३१ , ६ जनाको मृत्यु ।
मे १७ युएई मनु कोंमे तमु :- युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार बिश्वब्यापी रुपमा महामारी फैलिरहेको कोभिड - १९ कोरोना भाइरसको संक्रमण बाट २०२० मे १७ तारिख आइतबार ७३१ जना नयाँ संक्रमित भेटिएको छ। भेटिएका संक्रमित स्थिर अवस्थमा रहेको छ। नयाँ संक्रमित सहित युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या २३,३५८ जना पुगेको छ। युएईमा कोभिड - १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् ५८१ जना पुर्णरुपमा निको भएका छन।हाल सम्म उपचार पश्चात् संक्रमित भएका ८,५१२ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार गराइ रहेका थप ६ जनाको मृत्यु भएका छ् । मृतकहरु पहिलेको दीर्घकालीन रोग बाट ग्रासित जटिलताका कारण मृत्यु भएको हो। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या २२० जना पुगेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ।त्यसैगरि सुरक्षीत र होसियार पुर्वक अनुगमनका साथ संक्रमणको अनुगमन गर्दै दुबई सरकारले बन्द कोरोनाका कारण बन्द रहेका सार्वजनिक पार्कहरु र मनोरञ्जन सुबिधाहरु क्रमशः लगातार पुनः शुरु गर्ने निर्णय गरेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...