पाकिस्तानमा बन्दुकधारीहरुले गोलि चलाउंदा ८ जना मृत्यु |

विदेश

पाकिस्तानमा बन्दुकधारीहरुले गोलि चलाउंदा ८ जना मृत्यु |

डिसेम्बर ०१ पेशावर :-पाकिस्तानीको शहर पेशावरस्थित एक कलेजमा प्रवेश गरी बन्दुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ८ जनाको ज्यान गएको छ।मारिने मध्ये ८ जना विद्यार्थी र १ जना कर्मचारी रहेको प्रहरीले बताएको छ।अन्य ३६ जना घाइते छन्।बुर्का लगाएका कम्तीमा तीन पुरुष रिक्सामा पेशावरस्थित कृषि तालिम केन्द्र पुगेको र त्यहाँभित्र प्रवेश गरेको बताइएको छ।

सेनाका अनुसार सबै आक्रमणकारी मारिएका छन्।पाकिस्तानी तालिवानले आक्रमणको जिम्मा लिएको बताएको छ।कलेजभित्रबाट कम्तीमा एउटा विस्फोटको आवाज सुनिएको सेनालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।प्रहरी र सेनाले उक्त क्षेत्रलाई घेराबन्दी गरेका छन्।एक जना घाइते विद्यार्थीले बताएअनुसार, कलेजभित्रै बस्ने ४०० जना विद्यार्थीमध्ये करिब १२० जना आक्रमणको समयमा उपस्थित रहेको थियो।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...