उदघाटन खेलमै ३ गोल खायो आयोजक साहारा क्लबले |

खेलकुद

पोखराको प्रतिष्ठित आहारारा गोल्ड कपको १६ औं संस्करणमा सुदूरपश्चिम स्पोर्टिङ क्लब धनगढीले विजयी शुरुआत गरेको छ ।सुदूरपश्चिमले मंगलबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई ३—० को पराजित गर्‍यो । आहाराराको १५ औं संस्करणको सहारा क्लबसँग ३—० पराजित भएको सुदूरपश्चिमले यो पटक बदला समेत लिएको छ । सुदूरपश्चिम गत वर्ष मात्र आहारारा गोल्ड कपमा पहिलो पटक सहभागी भएको थियो ।

हारसँगै आयोजक सहारा प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा रंगशालामा भएको खेलमा सुदूरपश्चिमका धनबहादुर थापाले खेलको २५ औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाए । सुदूरपश्चिमका मनिराम चौधरीले प्रहार गरेको बल सहाराका किपर विशाल श्रेष्ठको हातमा लागेर रिबाउन्ड भएको बललाई थापाले प्रहार गर्दा बलले जाली चुम्यो ।

खेलको ७८ औं मिनेटमा मनिराम चौधरीले सुदूर पश्चिमको लागि अर्को गोल गरे । नरेन्द्र चौधरीले हानेको फ्रि किक बल मनिराम चौधारीको हेडबाट फ्लिक भएर पोष्टमा छिरेको थियो । २५ मिनेटमा धन बहादुर थापा, ७८ मिनेटमा मनिराम चौधारी र ९२ मिनेटमा राकेश हमाल गोल गरेका हुन् ।

आयोजक टिमले सहारा खेलमा गोल गर्न सकेन । हाफ भन्दा अगाडि ३ वटा गोल गर्ने अवसर सहरा क्लबले चुकाएको हो । हाफ पछिको खेलमा गोललाइनमा पुगेको बललाई गोल गर्न नसकेको थिएन । विजय श्रेष्ठ र धुर्व गुरुङले हानेको बलहरु हाई र पोष्ट भन्दा बाहिर पुग्नुको कारण सहारा क्लब उदघाटन खेलमा बाहिरीयो ।

सहारा क्लबका कोच किरन श्रेष्ठले स्थानीय खेलाडीलाई प्रथामिकता दिनु कारण नै कारण रहेको बताए । उनले आगामी वर्षमा स्थानीय खेलाडीलार्य प्रथामिकता नदिने समेत बताए ।खेलमा सुदूरपश्मिका खेलाडी मनीराम चौधारी म्यान अफ दी म्याच घोषित भए । उनी ५ हजार र ट्रफिले सम्मान भएका छन् । सुदूरपश्चिम स्पोर्टिङ क्लबका कोच सुरेश हमालले गत बर्षदेखि खेलाडीहरुले ६ वटा लिग चरणका खेलको अनुभव लिएको कारण खेलमा जित हासिल गर्न सजिलो भएको बताए ।उनले सहरा ब्लका खेलाडीले फिनीसिङ राम्रो गर्न नसकेको आफुहरुलाई फाइदा भएको बताए । उनले २ खेलाडीहरु घाइते भएका कारण मंगलबारको भन्दा अवको खेलहरु राम्रो हुने बताएका छन् ।

यसअघि प्रतियोगिताको पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरालाई खेलकुदको राजधानी बनाउने कसरत भएको बताए ।

samadhan


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...