फ्रान्सले उरुग्वेलाई हराउदै सेमीफाइनलमा प्रवेश |

खेलकुद

फ्रान्सले उरुग्वेलाई हराउदै सेमीफाइनलमा प्रवेश |
जुलाई ६ फिष्टेल न्यूज:- फ्रान्स फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले दुईपटकको विजेता उरुग्वेलाई २–० ले पराजित गर्दै रसिया विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हाे । फ्रान्सको जितमा एन्टोनियो ग्रिजम्यान र राफेल भरानेले एक–एक गोल गरेका थिए । अब फ्रान्सले अाज राति ब्राजिल र बेल्जियमबीचको खेलमा विजेता टिमविरुद्ध फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ । २०१४ को विश्वकपमा क्वाटरफाइनलबाट बहिरिएको फ्रान्सले यसपटक उत्कृष्ट प्रदर्शन गरेकाे छ । फ्रान्सकाे याे सफलतालार्इ युवाशक्तिकाे रूपमा हेरिएकाे छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...