तमु समाज युएईले खुल्ला आमन्त्रण “तमु ल्होसार कप – २०१८”फुटबल प्रतियोगिता गर्दै।

अन्य

तमु समाज युएईले खुल्ला आमन्त्रण  “तमु ल्होसार कप – २०१८”फुटबल प्रतियोगिता गर्दै।
मंसीर १२ मनु कोन्मे तमु फिष्टेल न्युज सम्बत्दाता दुबई :-तमु समाज युएईले यहि आउदो डिसेम्बर २ तारिख युएईको राष्ट्रिय दिवस (UAE Nationlal Day) को दिन दुबई स्थित अल सफा पार्क जुमेराह दुबई युएईमा " तमु ल्होसार कप - २०१८" फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। "तमु ल्होसार कप - २०१८" फुटबल प्रतियोगिता सफल बनाउनको लागी तमु समाज युएईले दुबई क्षेत्रीय समितिका अध्यक्ष राजु तमुको संयोजकमा तमु समाज युएईका केन्द्रिय सचिव इन्द्र तमु सह-संयोजक,सदस्यहरुमा तमु समाज युएईका केन्द्रिय खेलकुद बिभाग उप- प्रमुख जम्बो तमु ,तमु समाज युएईका केन्द्रिय सांस्कृतिक बिभाग प्रमुख अमृत तमु ,तमु समाज युएई दुबई क्षेत्रीय समितिका खेलकुद बिभाग प्रमुख प्रेम तमु ,तमु समाज युएई दुबई क्षेत्रीय समितिका सह-सचिव रमेश तमु र चक्र तिमिल्सिना रहेको छ। "तमु ल्होसार कप - २०१८" फुटबल खुल्ला प्रतियोगितामा सहभागिताको लागी युएई स्थित सम्पुर्ण संघ,संस्था तथा क्लबहरु लाई तमु समाज युएईले खुल्ला आमन्त्रण गरेको छ भने सम्पुर्ण खेलप्रेमी बुद्धिजीवी महानुभाव , शुभचिन्तक , दाजुभाइ तथा दिदिबहिनीहरुमा उपस्थिति जनाइ खेलको मनोरञ्जनको लागि निमन्त्रणा गरेको छ। "तमु ल्होसार कप - २०१८" फुटबल प्रतियोगिताको प्रत्येक टिमको लागि प्रवेश शुल्क - ९९९/- (नौ सय उनान्सय ) दिराम तोकेको छ। उक्त "तमु ल्होसार कप - २०१८" फुटबल प्रतियोगिताको टिममा समावेश हुने प्रत्येक टिमले आयोजकले गरिएको खेल नियमहरु अनिवार्य पालन गर्नु पर्ने भएको छ । प्रतियोगितामा सहभागिता जनाउने प्रत्येक टिमले दर्ता शुल्क खेल अगावै बुझाउनु पर्ने,प्रत्येक टिममा खेलाडी ११ जना र ५ जना अतिरिक्त खेलाडी सहित जम्मा १६ खेलाडीको नाम दर्ता गर्नु पर्ने,सम्पुर्ण खेलाडीहरुले अनिवार्य फुटबल बुट र जर्सी लगाउनु पर्ने,फिफाको नियमानुसार खेल खेलाइने,रेफ्रीको निर्णय नै अन्तिम निर्णय हुने,सम्पुर्ण सहभागी टिम बिहान ८ बजे खेलमैदानमा उपस्थित हुनु पर्ने र अन्तर्राष्ट्रिय कुनै पनि खेलाडी समावेश गर्न नपाइने आयोजक तमु समाज युएईले बताएको छ। अन्तिम प्रवेश टिम दर्ताको लागि अन्तिम मिति नोभेम्बर २८ तारिख २०१८ सम्म तोकिएको छ। "तमु ल्होसार कप - २०१८" फुटबल प्रतियोगिताको पुरस्कार राशी नगद धनराशी सहित मेडल तथा प्रमाणपत्र रहेको छ भने प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले प्रथम पुरस्कार धनराशी नगद - ५,५५५/- ( पांच हजार पांच सय पच्पन्न ) दिराम र प्रतियोगितामा द्धितिय स्थान हासिल गर्ने टिमले द्धितिय पुरस्कार धनराशी नगद - ३३३३/- ( तीन हजार तीन सय तेत्तीस ) दिराम रहेको छ।

साथै बिस्तृत जानकारीको लागि तमु समाज युएई दुबई क्षेत्रीय समितिका अध्यक्ष राजु तमु - ०५६ - ५४७२०७७, तमु समाज युएई केन्द्रिय समितिका सांस्कृतिक बिभाग प्रमुख श्री अमृत तमु - ०५० - ३९५०२२२ , तमु समाज युएईका केन्द्रिय खेलकुद बिभाग उप-प्रमुख जम्बो तमु - ०५६ - ९९८७५०४ , तमु समाज दुबई क्षेत्रीय समिति खेलकुद बिभाग प्रमुख प्रेम तमु - ०५६ - ५३७६७०१ , तमु समाज दुबई क्षेत्रीय समिति सह-सचिव रमेश तमु - ०५५ - १४८३४१३, चक्र तिमिल्सिना - ०५६ - ८९९२५०५ रहेको आयोजक "तमु ल्होसार कप -२०१८" फुटबल प्रतियोगिताका सह-संयोजक इन्द्र तमुले बताउनु भएको छ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...