इजरायलमा एक्कासी आएको बाढीले बगाउदा मृत्यु भएका बिध्यार्थीहरुको सनाखत ,बिद्यालयक़ा प्रिन्सिपल सहित २ जना हिरासतमा |

अन्य

अप्रिल २८ जेरुसेलेम :-इजरायलमा गएको बिहिबार दश स्कुले बच्चाहरु बाढीले बगाउदा मृत्यु भएको घटनाको सन्दर्भमा दुइ जनालाई हिरासतमा लिएको छ |पक्राउ पर्नेमा Bnei Zion pre-military academy school क़ा प्रिन्सिपल युबाल कोहेन र गाइड Aviv Bredichev रहेका छन् |उनीहरुमाथि उनीहरुको गम्भीर लापरबाहीले गर्दा ति दश बच्चाहरुले ज्यान गुमाउन परेको आरोप लागेको छ | Bnei Zion pre-military academy school का बिद्यार्थीहरु २ दिन देखि इजरायलको दक्षिण भाग हारभ क्षेत्रमा रहेका थिए | इजरायलको उत्तरीमध्ये भागमा परेको भिषण बर्षाका कारण हारभ क्षेत्रमा एक्कासी बाढी आउदा उनीहरुलाई बगाएको थियो यसबाट ९ जनाको मृत्यु भएको ,एक जनाको मृत्यु अस्पतालमा उपचारको क्रममा भएको थियो |घटनाको सूचना हुनेबित्तिके तुरुन्त सुरुक्षाकर्मीहरु उद्दारमा लागेका थिए |मृत्यु हुने ९ छात्रा र एक छात्रको सनाखत भैसकेको छ |इजरायली प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...