तमु प्ये ल्हु संघ शुक्ला गण्डकी इकाई गठन ।

मूलबासि /भूमिपुत्र

तमु प्ये ल्हु संघ शुक्ला  गण्डकी इकाई गठन ।
सेप्टेम्बर ८ फिष्टेल न्युज पोखरा :-शुक्लगण्डकी नगरपालिका तनहुँवासिहरुको शनिबार फैलु क्होइबो धि दुलेगौंडामा सम्पन्न प्रथम अधिबेशनले तमु प्ये ल्हु संघ नगरपालिका इकाइ कमिटी गठन गरेको छ । तमु प्ये ल्हु संघका केन्द्रिय सहसचिव लोकेन पहच्युको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले सुक्लागण्डकी नगरपालिकाको १२ वटै वडाहरुलाइ समेट्ने गरि सुर्यबहादुर ल्हो तमु ( थप्रेक) को अध्यक्षतामा नगर इकाई कमिटी गठन गरेको हो । उपाध्यक्ष ,सचिव ,सहसचिव र कोषाध्यक्षमा क्रमशः मेखबहादुर योज तमु( राङ्लीबोट), युवाराज टु तमु ( फिरफिरे),युना क्रोम्छे तमुस्यो( कवसे), लक्ष्मण पर्जु तमु ( कवसे) रहनु भएको छ भने सदस्यहरुमा निलबहादुर टु क्ल्हेप्री ( पौवा ), कर्णमाया ल्हो ( बेलचौतारा),सु। लालबहादुर न्हान्सी ( गाछेपानी), हर्कबहादुर कोने ( खैरेनीटार ), खेमबहादुर तिङी( मालेबगर), बिभा न्हान्सी( जागृती टोल), पुर्णबहादुर टु क्ल्हेप्री ( गलछिना), खमबहादुर पह्च्यु राङ्दी रहनुभएको छ भने अन्य सदस्यहरु आवश्यकता अनुसार मनोनीत गर्दै लैजाने निर्वाचन मण्डलले जनाएकोछ ! पच्यु चिवा जयबहादुर ल्हेगे तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई तमु प्ये ल्हु संघका केन्द्रिय सदस्य सु धनबहादुर क्रोम्छे,तनहुँ शाखाका वरिष्ठ सल्लाहकार केशरबहादुर तमु,तनहुँ शाखा अध्यक्ष जसबहादुर पह्च्यु,तमु प्ये ल्हु संघका पुर्ब सचिव इन्द्र ल्हेगे तमु,तमु ह्युल छोजधी तनहुँका अध्यक्ष खेमराज तमु,समाजसेवी तमु छोजधिका पुर्ब केन्द्रिय कोषाध्यक्ष दलमान पह्च्यु तमु,लालबहादुर तमु,तमु ह्युल छोज धि तनहुँका सङ्गठन प्रमुख सुर्य तमु,लक्षमण पर्जु तमु,पोखरा रोयल सहकारी दुलेगौंडा शाखाका प्रबन्धक सरस्वती भुजेल लगायतले बोल्नुभएकोथियो ! संयोजक केशरबहादुर तमु,तनहुँ शाखा सचिव अर्जुन प्ल्हे तमु र भुमिमाया तमु सदस्य रहेको निर्वाचन समितिले कार्यसमितिको पदावधि तीन बर्षको रहने जानकारी गराउदै नवनिर्वाचित कार्यसमितिलाई सफलताको शुभकामना दिएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...