ताप्लेजुङ्गमा कांग्रेस कार्याकर्ताको खुकुरी प्रहारबाट २ एमाले कार्यकर्ता घाइते ।

अन्य

ताप्लेजुङ्गमा कांग्रेस कार्याकर्ताको खुकुरी प्रहारबाट २ एमाले कार्यकर्ता घाइते ।

नोवेम्बर २६ काठमाडौँ :-नेपाली कांग्रेसका कार्यकर्ताको खुकुरी प्रहारबाट ताप्लेजुङमा दुई जना एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् । घाइते हुनेमा याङ्वरक गाउँपालिका साविकको नाङ्खोल्याङ गाविसका १९ वर्षीय रविन सुनुवार र १८ वर्षीय अनुप खिम्दिङ रहेका छन् ।

रविनको टाउको र अनुपको खुट्टामा गम्भिर चोट लागिको प्रहरीले जनाएको छ । दुवै जना घाइते नेकपा एमालेको कार्यकर्ता रहेको एमाले ताप्लेजुङका सन्तोष खतिवडाले जनाएका छन् ।उनीहरुमाथि नेपाली कांग्रेसका मनोज खिमदिङ र झरेन्द्र लिम्बुसहितको समूहले खुकुरी प्रहार गरेको खतिवडाको भनाइ छ । आफुहरु साथीकोमा गएर बिहानै घर फर्कने क्रममा आक्रमण भएको घाइतेले बताएका छन् । खुकुरी प्रहार गर्ने मनोजको समूह फरार रहेकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका प्रहरी निरीक्षक होमनाथ दाहालले जानकारी दिए ।

यता, नेपाली कांग्रेसकी जिल्ला सभापति लीलादेवी बोखिमले एमालेले उनीहरुलाई चुनावलाई प्रभाव पार्न पैसा बाँड्न पठाएको र खोस्न खोज्दा दोहोरो झडप भएको बताइन् । घाइते दुवै जनाको जिल्लामा उपचार हुन नसकेपछि जिल्ला बाहिर रेफर गरिएको जिल्ला अस्पताल, ताप्लेजुङले जनाएको छ । रासस


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...