पन्चासेबाट यात्रु लिएर आएको बस दुर्घटना ३ जनाको मृत्यु ।

अन्य

नवेम्बर १७ पोखरा :- पर्वतको कुस्मा नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेमा शुक्रबार एक यात्रुबहाक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।  १ जनाको घटना स्थलमै र दुई जनाको उपचारको लागि पोखरा ल्याउदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा पोखरा–लेखनाथ महानगरपालिका मालेपाटनका दीपक गुरुङको मृत्यु भएको छ । अन्य २  जनाको परिचय खुल्न सकेको छैन् ।

दुर्घटनामा ३८ जना घाइते भएका छन् । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको र घाइतेहरुलाई उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।बालाचतुर्दशीको अवसरमा पञ्चासे मेलामा गएका यात्रीहरु लिएर फर्कने क्रममा ध १ ख ८७ नम्बरको बस पर्वत, कास्की र स्याङ्जाको सिमानामा पर्ने भञ्याङमा सडकबाट करिब १०० मिटर तल खसेको जनाइएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...