सिलिन्डर बम राखेको आरोपमा बिप्लोपका कार्यकर्ता पक्राउ |

अपराध

सेप्टेम्बर १३ पोखरा :-जिल्ला प्रहरी कार्यालय कास्कीले नेत्र विक्रम चन्द (विप्लप) माओवादीका कार्यकर्तालाई पक्राउ गरेको छ ।पृथ्वीचोकको सस्तो बजारमा सिलिन्डर बम राखेको आरोपमा प्रहरीले विप्लप माओवादी कास्कीका सेक्रेटरी जगन तिवारीसहित ८ जना कार्यकर्तालाई पक्राउ गरिएको जनाएको छ।

जिल्ला सेक्रेटरीलाई मंगलबार पक्राउ गरेको र अन्य ७ जना कार्यकर्ता बालकृष्ण अधिकारी, लोकेन्द्र राई, सोमनाथ अधिकारी, सरोज मुराउ, सरोज खत्री, जीवन क्षेत्री र टंक खतिवडालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले बताए ।

सोमबार सस्तो बजारमा राखिएको सिलिन्डर बम नेपाली सेनाको टोलीले निस्क्रिय पारेको थियो । आगो निभाउन प्रयोग हुने ग्यासको सिलिन्डर र मोटरसाइकलको ब्याट्री जडानगरी बम तयार पारिएको थियो ।यसअघि सस्तो बजारलाई लिएर निकै विवाद भएको थियो । वायु सेवा निगमले उक्त जग्गा टेन्डर खुलाएर नयाँ कम्पनीलाई दिएपछि विवाद भएको हो । नयाँ कम्पनीलाई दिएपछि त्यहाँ व्यवसायीले अन्दोलनसमेत गरेका थिए ।

तर नयाँ कम्पनीले पुरानो संरचना भत्काएर नयाँ निर्माण गरेको छ । त्यहाँ रहेको व्यवसायीलाई नेत्रबिक्रम चन्द (विप्लप) माओवादीले समर्थन गर्दै आएपनि अन्दोलन असफल भएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...