सस्तोको लोभमा ठगिए पोखरेली |

अन्य

सस्तोको लोभमा ठगिए पोखरेली |

डिसेम्बर १९ पोखरा :- सस्तोमा सामान पाईने लोभमा पर्दा पोखरेलीहरु ठगिन पुगेका छन् ।सिर्जनाचोकमा डेढ महिना अघि भारतियले संचालनमा ल्याएको अक्सिजन ट्रेडर्सले अग्रिम पैसा लिँदै वजारमुल्य भन्दा झण्डै आधा मुल्यमा सामान विक्री गर्दै आएको थियो । अग्रिम पैसा वुझाएको हप्ता दिनमा आधा छुटमा सामान पाईने लोभमा फसेका सर्वसाधारण अन्तत ठगिन पुगे । सर्वसाधारणसँग अग्रिम पैसा लिने र दुई सातापछि सामान डेलिभरी गरेको उसले सर्वसाधारणको कराडौँ रुपैयाँ लिएर सम्पर्क विहिन भएको छ ।

शनिवारदेखी वन्द रहेको पसल सोमवार पनि नखुल्दा ठगिएको महशुस गर्दै विहानैदेखी सर्वसाधारण पसल अगाडी भिड लागेका छन् । ट्रेडर्सले एउटै व्यक्तिको १ हजारदेखी ५ लाख रुपैयाँसम्म लिएका वुझिएको छ । राष्ट्रवैँकचोकका रिजन नेपालले ३२ ईन्चको एलजी टिभि खरिदको लागि २२ हजार अग्रिम वुझाएको वताए। जुन सामानको बजार मुल्य झण्डै ४० हजार रुपैयाँ पर्दछ । दुई हप्तापछि सामान लिन आउन भनेकोमा आज पसल वन्द गरेर साहु सम्पर्कमा नहुँदा पैसा डुवेको नेपालको भनाई छ ।

ईलेक्ट्रोनिक्स, फर्निचर र घरायसी सामानहरु एडभान्स पैसा लिदै आधा छुटमा दिएपछि सर्वसाधारण लोभिएका थिए । शनिवार वेलुकीदेखी पसल वन्द भएको र कोही पनि सम्पर्कमा नरहेको स्थानीयको भनाई छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...