सभापति पक्राउको बिरोधमा ने ,वि संघका बिद्यार्थी तोडफोडमा उत्रिए |

राजनीति

सभापति पक्राउको बिरोधमा ने ,वि संघका बिद्यार्थी तोडफोडमा उत्रिए |

अप्रील ४ सुर्खेत :- मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कार्यवाहक स्ववीयू सभापति पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडीमा तोडफोड गरेका छन् ।नेविसंघ सम्बद्ध विद्यार्थीहरुले बुधबार बिहान मन्त्री खत्रीको बा २ झ १५६६ नम्बरको गाडीमाथि तोडफोड गरेका छ।

गाडीमा मन्त्री खत्री नभएर सांसद् धर्म रेग्मी सवार थिए । प्रहरीका अनुसार उनी सकुशल छन् ।विद्यार्थीहरुले विश्वविद्यालयको मूल गेटमा अहिले प्रदर्शन जारी राखेका छन् । विद्यार्थीहरुको प्रदर्शनमा तोडफोड हुन थालेपछि सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...