इजरायलमा नेवारी समुदायको पर्व चोथा एक कार्यक्रमका बीच सम्पन्न ।

जनजाती बिशेस

इजरायलमा नेवारी समुदायको पर्व चोथा एक कार्यक्रमका बीच सम्पन्न ।
अगस्ट ३१ तेल अभीव :-राष्ट्रिय नेवा :खल :इजरायलको आयोजनामा नेवा समुदायको राष्ट्रिय पर्व चोथा पुजा एक कार्यक्रमका साथ सम्पन्न भएको छ ।अगस्ट ३० शुक्रबारको दिन तेल अभीबको नोकिया पार्कमा सम्पन्न भएको सो कार्यक्रम नेवा खल इजरायलका अध्यक्ष मनु श्रेष्ठको अध्यक्षतामा, नेपाल आदिबासी महासंघ इजरायलका महासचिव खुसी घलेको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।साथै इजरायलका जातिया संघ सस्थाका अध्यक्ष ,प्रतिनिधीहरुको उपस्थित रहेको थियो थियो ।   प्रबासमा रहेता पनि आफ्नो मौलिक पहिचान भाषा, धर्म, कला,संस्कार संस्कृति,चाडपर्ब साथै भेषभूषाहरुको संरक्षण र सम्बर्द्धन गर्नु पर्छ भन्ने मुख्य उद्देश्यका साथ स्थापित राष्ट्रिय नेवा: खल: इजरायलले नेवार समुदायको सम्पूर्ण चाडपर्वहरु यसरी नै मनाउंदै आईरहेको छ ।यस अवसरमा मन्तब्य दिनु हुँदै सरक्षक नरेश कुमार श्रेष्ठले चोथे पुजाको बारेमा स्पस्ट पार्नु भएको थियो भने प्रमुख अतिथी नेपाल आदिबासी महासंघ इजरायलका महासचिव खुसी घलेले शुभकामना दिनु भएको थियो । सस्थाका सदस्य राज कुमारी श्रेष्ठलेले शुभकामना मन्तब्य दिनु भएको थियो । नेवार समुदायको मौलिक राष्ट्रिय पर्ब चोथा: पूजा बिशेस कार्यक्रम तथा प्रसाद ग्रहण कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवाद दिनु हुँदै अध्यक्षले कार्यक्रम समापन गर्नु भएको थियो ।कार्यक्रम सस्थाका महासचिव बिमला श्रेष्ठले संचालन गर्नु भएको थियो ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...