इजरायलमा जिवा ल्हो (मुसा बर्ग )२८५६ सोनाम ल्होछार भव्यताका साथ सम्पन्न ।

जनजाती बिशेस

इजरायलमा जिवा ल्हो (मुसा बर्ग )२८५६ सोनाम ल्होछार भव्यताका साथ सम्पन्न ।
फेब्रवरी ३ फिष्टेल न्यूज इजरायल :-वैदेशिक रोजगारको सिलसिलामा इजराइयलमा रहेका नेपालीहरुले २८५६ नम्युङ, जिवा ल्हो (मुसा बर्ग ) सोनाम ल्होछार भव्यताका साथ  जनवरी ३१ शुक्रबार मनाएका छन् । नेपाल तामाङ घेदुङ इजरायलकी अध्यक्ष अनिला मोक्तान तामांगको सभापतित्वमा सम्पन्न भएको सोनाम ल्होछार साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुताबास इजरायलकी महामहिम राजदुत डा अन्जान शाक्य , विशिष्ट अतिथि नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउच मगर, बिशेष अतिथि सुन्दर सिंह लामा तामाङ,, बिशेष अतिथिहरुमा नेपाली दुतावास इजरायलका प्रदिप गिरी, धर्म गुरु थुप्तेन लामा तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का उपाध्यक्ष बी बी लामा तामाङ, एनआरएन इजरायलकी अध्यक्ष शान्ता ज्ञवाली अधिकारी, घेदुङ इजरायलका संस्थापक अध्यक्ष उर्मिला पाख्रीन तामाङ, पुर्व अध्यक्ष तथा शैक्षिक बिभाग प्रमुख सुन्दर सिंह लामा योन्जन तामाङ, प्रमुख संरक्षक कल्पना मोक्तान तामाङ, संरक्षक माया दिप्मा तामाङ प्रमुख सल्लाहकार अनिता तामाङ, वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङ तामाङ, प्रवासी एकता मन्च इजरायल संयोजक तिर्थ गौतम, जनसम्पर्क समिती इजरायलका सभापति खगेश्वर अधिकारी, नेपाली समाज (नेसो) इजरायलका अध्यक्ष सुन्दर सिह लामा तामाङ, नेपाल आदिवासी जनजाती महासंघ इजरायलका पुर्व अध्यक्षहरु रहेका थिए । यसैगरी कार्यक्रममा अतिथिहरुमा नेपाल आदिवासी जनजाती महासंघ इजरायलमा आवाद्ध जातिय संस्था तमु समाज इजरायल, ह्योल्मो समाज इजरायल, राष्ट्रिय नेवा खल इजरायल, शेर्पा संघ इजरायल, किराँत याक्थुङ चुम्लुङ इजरायल, किराँत राई यायोख्खा इजरायल, मगर संघ, इजरायलका अध्यक्षहरु तथा प्रतिनिधिहरु, इजरायलमा अवस्थित धार्मिक, सामजिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, घेदुङ इजरायलका सल्लाहकारहरु र मिडियाकर्मीहरु , बाक्लो रुपमा नेपालीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाली दुतावास इजरायलकी महामहिम राजदुत डा। अन्जान शाक्य,धर्मगुरु लामा थुप्तेन योञ्जन तामाङले बौद्धधर्म अनुसार पाठपूजा गरी शुरु गरिएको कार्यक्रम प्रमुख अतिथि, विशिष्ट अतिथि, धर्मगुरु लगायतले संयुक्त दीप प्रज्वलन गरी उदघाटन गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष छत्र गोले तामाङले स्वागत मन्तब्य दिएको थियो भने प्रमुख अतिथि नेपाली दुतावास इजरायलकी महामहिम राजदुत डा। अन्जान शाक्यले ल्होछारको शुभकामना मन्तव्य राखेकी थिइन् । शुभकामना मन्तव्य राख्दै राजदुत शाक्यले इजरायलबाट नेपालमा कृषि प्रविधि भित्र्याउने पहल आफूले गरिरहेको बताईन् । विशिष्ट अतिथि नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउच मगर, बिशेष अतिथि सुन्दर सिंह लामा तामाङ,लगायत, तिर्थ गौतम, खगेश्वर अधिकारी, उर्मिला पाख्रिन तामाङ, बी बी लामा तामाङ, शान्ता ज्ञवाली अधिकारी लगायतले सम्पूर्ण तामांग समुदाय तथा नेपालीहरुलाई ल्होछारको शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रममा नेपालबाट आमन्त्रित बरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङलाई नेपाल आदिबासी महासंघ इजरायलद्वारा सम्मान गरिएको थियो ।कार्यक्रम सभापति अनिला मोक्तान तामांगले कार्यक्रम सफल बनाउन अहोरात्र खटिनु हुने सम्पूर्ण साथीहरु लगायत उपस्थित सम्पुर्णलाई धन्यवाद दिनु हुँदै ल्होछारको शुभकामना दिंदै औपचारिक कार्यक्रमको समापन गर्नु भएको थियो ।   दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा नेपालबाट आमन्त्रित बरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङले आकर्षक हिसावले शुरु गर्नु भएको थियो भने चर्चित तामाङ सेलो गीतहरु प्रस्तुत गरेर भरपुर मनोरन्जन दिएका थिए । साथै इजरायलवासी स्थानीय नेपाली कलाकारहरुको प्रस्तुती हरु रहेको थिए।संस्थाकी वरिष्ट उपाध्यक्ष सिता कुमारी घिसिङ तामाङ संयोजक र प्रथम उपाध्यक्ष एलिजा दोङ तामाङको सहसंयोजकत्वमा सम्पन्न भएको कार्यक्रम संस्थाकी महासचिव पेमा लामा पाख्रिन तामाङ र सचिव निङमा घिसिङ तामाङले संचालन गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...