रसुवामा पहिरो खस्दा ४ जनाको मृत्यु ,५ जना बेपत्ता |

अन्य

रसुवामा पहिरो खस्दा ४ जनाको मृत्यु ,५ जना बेपत्ता |
श्रावन १० रसुवा:-रसुवाकाे गोसाइकुण्ड गाँउपालिका-२ टिमुरेमा बुधबार राति पहिरो खस्दा ४ जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता छन् । पहिराेमा परी १२ जना घाइते छन् । बुधबार राति पहिरो खस्दा २ वटा टहरा र एक होटेल पुरिएकोहाे । मृतकसिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिका-५ का श्याम श्रेष्ठ, बिक्रम श्रेष्ठ, मंगले तामाङ, भोटेकोशी-४ का रेशम खड्काकोशव भेटिएकाे छ। बेपत्ता ५ जनाकाेखाेजी जारी छ । पहिरोले टिमुरेस्थित प्रहरी बिट समेत पुरिएको छ । २ वटा कन्टेनर र एक ट्रकमा क्षति पुगेको छ । घटनास्थलमा राति देखि नै उद्धार जारी छ। बिहानबाट थप सुरक्षाकर्मी परिचालन गरेर उद्धार र बेपत्ताको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 1.00)
Loading...