पुस ११ देखी सभामुख चयन प्रक्रिया शुरु हुने ।

राजनीति

पुस ११ देखी सभामुख चयन प्रक्रिया शुरु हुने ।
डिसेम्बर २१ काठमाडौँ :-प्रतिनिधि सभाको नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ देखि सुरू हुने भएको छ।उपसभामुख शिवमाया तुम्बाहाङफेको नेतृत्वमा हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते बस्ने बस्ने प्रतिनिधि सभाको बैठकले सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको संसद सचिवालयका प्रेस विज्ञ शेखर अधिकारीले बताए। बैठकले हिजो बसेको प्रतिनिधि सभा बैठकको अध्यक्षता उपसभामुख तुम्बाहाङफेले गरेको छ।तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणीको अभियोग लागेपछि असोज १३ गतेदेखि सभामुख पद रिक्त छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...