पोखराको बिकास बम गठबन्धनको प्रतिबद्दता ।

राजनीति

पोखराको बिकास बम गठबन्धनको प्रतिबद्दता ।
नोवेम्बर ३ पोखरा :-नेकपा एमाले तथा माओवादी केन्द्र(बाम गठबन्धन)का उम्मेदवारहरुले परिचयसँगै आफनो योजनालाई बेलविस्तार लगाए । पोखरालाई कृषि, पर्यटन र खेलकुदको हव बनाउने उल्लेख गरे । कास्की क्षेत्र नम्बर १ का उम्मेद्वार बनेका खगराज अधिकारीले कास्कीलाई जलविद्युत, अर्गानिक कृषि, पर्यटन र खेलकुदको हब बनाउने घोषणा गरे । उनले होमस्टेजस्तो साना कार्यक्रममा नअल्झिने बताउँदै उनले कास्की क्षेत्र नम्बर १ मा २ सय मेगावाट बिजुली निकाल्न सक्ने फेवाताल बनाउने, कास्कीमा अन्र्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्नेलगायतका आफ्नो एजेण्डा प्रस्तुत गरे ।

कास्की क्षेत्र नम्बर २ का रविन्द्र अधिकारीले बहुमतको स्थायी सरकार निर्माण गर्ने र सो सरकारको माध्यमबाट देशमा आर्थिक विकास गर्दै समृद्धी निर्माण गर्ने, शान्ति, सामाजिक न्याय, समानताका लागि बाम गठबन्धन बनाएको बताए । उनले यो गठबन्धनमार्फत आर्थिक क्रान्ति गर्दै समाजवादसम्म पुग्ने योजना रहेको उल्लेख गरे ।अधिकारीले समाजवाद बिनाको लोकतन्त्र र लोकतन्त्र बिनाको समाजवाद हुनै नसक्नै जिकिर गर्दै कांग्रेसले समाजवाद बिनाको लोकतन्त्र भनिरहेकाले त्यो हुन नसक्ने ठोकुवा गरे । क्षेत्र नम्बर ३ का उम्मेद्वार जगत विश्वकर्माले समृद्धी नेपालीको राष्ट्रिय लक्ष्य भएकाले सो पूरा गर्न आत्मनिर्भर अर्थतन्त्रको विकास गरेर समृद्ध नेपाल निर्माण गर्ने बताए । उनले कास्कीलाई स्मार्ट सिटी बनाउने, पर्यटनको राजधानी बनाउने, समुन्नत पोखरा निर्माण, सुखी जनता बनाउने योजना सुनाए ।

१ को प्रदेश नम्बर १ का उम्मेद्वार दीपक कोइरालाले आफ्नो क्षेत्र लेखनाथदेखी रुपाकोटसम्म भएकाले सो क्षेत्रमा कृषिको आधुनिकीकरण गरेर आत्मनिर्भर बनाउने, गाउँमै रोजगारी सिर्जना गरी त्यहाँ उत्पादित सामानको बजारीकरण गर्नेलगायतका काम नै आफ्नो एजेण्डा रहेको प्रष्ट्याए ।कास्की २ को प्रदेश क्षेत्र नम्बर १ का उम्मेद्वार कृष्ण थापाले सामाजिक न्यायसहितको समाजवाद ल्याउनका लागि आफ्नो उम्मेद्वारी भएको बताए । उनले सुखी नेपाली, समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योगको विकासका लागि आफू लाग्ने प्रतिबद्धता जनाए । उनले आफ्नो क्षेत्रलाई नेपालकै पूर्ण बिकशित क्षेत्र बनाउने उद्घोष गरे ।

कास्की २ को प्रदेश नम्बर २ का उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले ३ राजनीतिक लक्ष्य र ४ बिकासको एजेण्डा प्रस्तुत गरे । उनले समृद्ध समाज, शान्ति र संविधान कार्यान्वयन र राजनीतिक संस्कार सिकाउने उद्धेश्यसहित कमाउनका लागि नभई विकासका लागि राजनीति गर्ने आफ्नो लक्ष्यरहेको प्रष्ट्याए ।

कास्की ३ को प्रदेश नम्बर १ का उम्मेद्वार रामजी वराल ‘जीवन’ले हेमजादेखी पुरुञ्चौरसम्मको क्षेत्र कृषिका हिसाबले अत्यन्तै सम्भावना बोकेको क्षेत्र भएकाले कृषिमा आधुनिकीकरण गरेर उत्पादन बढाउने, त्यसको बजारीकरण गर्ने तथा सो क्षेत्रका पर्यटकीय क्षेत्रको संरक्षण र प्रबद्र्धन गर्दै त्यस क्षेत्रलाई पर्यटनको हब बनाउने योजना प्रस्तुत गरे ।

कास्की ३ का प्रदेश क्षेत्र नम्बर २ का उम्मेद्वार राजीव पहारीले फेवाताललाई पहिलेकै आकारमा पु¥याउने, आफ्नो क्षेत्रमा परेका छोरेपाटनदेखी अन्नपूर्ण बेसक्याम्पसम्म रिङ्गरोड बनाउने, पोखरामा स्वास्थ्य तालिम केन्द्र बनाउने, जिर्ण सडकको स्तरोन्नती गर्नेलगायतका एजेण्डा प्रस्तुत गरे ।प्रेस चौतारी कास्कीका अध्यक्ष माधव वरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर कास्कीका कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठले स्वागत र प्रेस सेन्टर कास्कीका सचिव कृष्ण दवाडीले सञ्चालन गरेका थिए ।

कास्की १ को प्रदेश नम्बर २ का उम्मेद्वार मनबहादुर गुरुङले समृद्ध नेपाल बनाउने लक्ष्यसहित बाम गठबन्धन बनेकाले सो लक्ष्य पूरा गर्न आफू लागिपर्ने बताए । जल जमिन, जैविक विविधता, जडीबुटीको समुचित प्रयोग गर्ने बताए । गाउँमा स्वास्थ्य संस्था नहुँदा जनताले दुःख पाएको बताउँदै गाउँमै सुविधा सम्पन्न अस्पताल खोल्नेपनि उनको एजेण्डा रहेको उल्लेख गरे ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...