फेरि सम्झे कमल थापाले हिन्दु राष्ट्र ”हिन्दु राष्ट्र स्थापना गराई छाड्छौ” |

राजनीति

फेरि सम्झे कमल थापाले हिन्दु राष्ट्र ”हिन्दु राष्ट्र स्थापना गराई छाड्छौ” |
जुन २८ चितवन :-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई सनातन हिन्दूराष्ट्र कायम गराउन पार्टीले जनसंघर्षका कार्यक्रम अघि बढाउने बताएका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सत्ता बहिरा हुँदा यो नारा जोडतोडले लगाउने तर सत्ता गएपछि भने भुल्ने गरेको छ |यसै कमजोरीको कारण पार्टी नराम्रो हार बेहोर्नु परेको थियो |राजनीतिमा माहिर थापाले नेतृत्व गरेको पार्टीको अस्तित्वनै जोगाउन कठिन अवस्थामा जनताको बिचमा पुनः अगाडी सारिएको नारा कति सार्थक होला ? चितवनको भरतपुरमा मिडिया नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष थापाले जनसंर्घषको पूर्वतयारीका लागि अगामी असार २८ गतेबाट हिन्दूराष्ट्र पूर्नस्थापना जनजागरण अभियान सञ्चालन गर्ने जानकारी दिए । राप्रपाले असार २८ गते काठमाण्डौंमा हिन्दूराष्ट्रका पक्षधरहरु जम्मा गरी वृहत सभा गर्ने तयारी गरेको छ । आगामी असोज मसान्तसम्म हिन्दूराष्ट्र पूर्नस्थापना जनजागरण अभियान सञ्चालन गर्ने अध्यक्ष थापाले बताए । फागुन ७ गतेदेखि हिन्दूराष्ट्र जनसंघर्ष कार्यक्रम थाल्ने राप्रपाको तयारी छ । अभियानकै क्रममा राप्रपाबाट फुटेर गएका अन्य शक्तिहरुसँग पनि पार्टी एकता गर्ने उनले जानकारी दिए। ६र६ महिनामा फुट्नका लागि किन पार्टी एकता गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष थापाले अब कहिल्यै नफुट्ने गरि सबै तयारीका साथ पार्टी एकता गरिने बताए। “यस पटकको पार्टी एकता हामीले हचुवा र हतारको आधारमा गर्दैनौं, केही व्यक्तिको स्वार्थ परिपूर्तीका लागि पदीय भागबण्डाको आधारमा अबको एकता हुँदैन”– अध्यक्ष थापाले भने । राप्रपा नेपाल र राप्रपाबीच भएको पार्टी एकता गल्ती नभए पनि एकतालाई जोगाउन नसक्नु कमजोरी भएको अध्यक्ष थापाको भनाइ छ । अबको पार्टी एकता गएको महाधिबेशनमा लिइएको नीति, सिद्धान्त र कार्यक्रमको आधारमा नै हुने अध्यक्ष थापाले बताए । प्रधानमन्त्री केपी ओलीले हालै गरेको चीन भ्रमण र सहमतिलाई उनले अत्यान्तै सकारात्मक भएको टिप्पणी गरे तर, उनले दुई तिहाईको दुरुपोग नगर्न समेत सचेत गराए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...