पोखराका मिटरमा नचल्ने ट्याक्सीहरु कारबाहीमा,सादा पोशाकका प्रहरीहरु परिचालन |

अन्य

पोखराका मिटरमा नचल्ने ट्याक्सीहरु कारबाहीमा,सादा पोशाकका प्रहरीहरु परिचालन |
अप्रिल ०२ पोखरा :- जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले मिटरमा यात्रु बोक्न नचाहने ट्याक्सीलाई कारवाही तीव्र बनाएको छ । सादा पोशाकमा प्रहरी खटाएर मंगलबार पोखराका विभिन्न स्थानबाट दर्जन भन्दा बढी ट्याक्सीलाई कारवाहीको लागि कार्यालय परिसरमा राखिएको छ । पोखराक्का विभिन्न स्थानमा प्रहरी परिचालन गरी मिटरमा नचल्ने ट्याक्सीलाई कारवाही स्वरुप नियन्त्रणमा लिइरहेका छौं,’ ट्राफिक इन्सपेक्टर मुरारी मिश्रले पत्रकार सँग भने, ‘बेलुकी सम्म अझै धेरै हुन सक्ने अनुमान गरेका छौं । नियन्त्रणमा लिइएका ट्याक्सी कार्यालय परिसरमा आउने क्रम जारी छ । नियन्त्रणमा लिएका ट्याक्सीलाई कारवाही स्वरुप कति जरिवाना तिराउने ट्राफिकले खुलाएको छैन् । यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीले मिटरमा जान नचाहने ट्याक्सीलाई कारवाही बापत ५ हजार शुल्क जरिवाना लिदैँ आएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...