नेपालमा कोरोना संक्रमित तिब्र गतिमा बढ्दै ,एकदिन मै २९९ संक्रमित पुष्टि।

स्वास्थ्य

नेपालमा कोरोना संक्रमित तिब्र गतिमा बढ्दै ,एकदिन मै २९९ संक्रमित पुष्टि।
जुन २ काठमाडौँ :- नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म २ हजार ९९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको हो । मंगलबार रौतहटका ७४ जना, स्याङ्जाका ५ जना, पर्वतका ५ जना, सप्तरीका १ जना, बर्दियाका ३ जना, बाँकेका १७ जना, सुर्खेतका २७ जना, दैलेखका ९ जना, सल्यानका १८ जना, अछामका १० जना, बाराका १ जना, दाङका १७ जना, प्युठानका १ जना, कञ्चनपुरका ८ जना, कैलालीका १० जना, धनुषाका ६ जना, महोत्तरीका २ जना, सर्लाहीका २१ जना, सिराहाका १७ जना, भक्तपुरका १ जना, धादिङका १ जना, कपलिवस्तुका १६ जना, काठमाडौँका ४ जना, नवलपरासी पूर्वका १ जना, नवलपरासी पश्चिमका १ जना, नुवाकोटका २ जना, रुपन्देहीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा प्युठान र पर्वत जिल्ला थप भइ हालसम्म नेपालमा ६१ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।नेपालमा कोरोना संक्रमणका कारण ८ जनाको भने मृत्यु भइसहेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...